कालिका मन्दिरको दर्शनमा पुगेका पुर्वराजा शाहलाई अभिनन्दन

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीको सरावल ०७ मा रहेको बर्दघाट कालिका मन्दिरको दर्शनमा पुगेका पुर्वराजा ज्ञानेन्द्र शाहलाई अभिनन्दन गरिएको छ ।

मंगलबार पुजाआजा र मन्दिरको दर्शनका लागि नवलपरासी आईपुग्नु भएका शाहलाई मन्दिर ब्यवस्थापन मुल समारोह समितीले एक कार्यक्रमकाबिच २५ केजी फुलको मालाद्रारा अभिनन्दन गरिएको हो ।

केही दिनदेखि कपिलवस्तु, रुपन्देहीको भैरहवाका विभिन्न क्षेत्रमा पुर्व राजा शाहले विभिन्न कार्यक्रममा सहभागीता जनाउनु भएको छ। सोही क्रममा आज नवलपरासीको सरवाल ७ मा रहेको कालिका मन्दिरमा उहाँले केही बेर पुजा आरधना गर्नु भएको थियो ।

पुर्व राजा शाहलाई राप्रकाका केन्द्रिय उपाध्यक्ष एवम् क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य ध्रुव बहादुर प्रधान, रामग्राम नगरपालिकाकी कार्यवाहक नगर प्रमुख सम्झना चौधरीले स्वागत गर्दै मायाको चिनो समेत दिनु भएको थियो ।

बिहानैदेखि पुर्वराजाको समर्थनमा राजाबादी तथा स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो । अभिनन्दन कार्यक्रममा समर्थकहरुले राजा आउ देश बचाउ, हाम्रो राजा प्राण भन्दा प्यारो छ भन्दै नाराबाजी गरेका थिए ।

प्रहरी प्रशासनलाई समेत हम्मेहम्मे पर्ने गरी पुर्वराजा शाहलाई हेर्न बाक्लो भिड उपस्थिति रहेको थियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य ध्रुबबहादुर प्रधानले कालिका मन्दिरको संरक्षण र प्रवर्द्धनमा पुर्व राजाको आगमनले सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?