वरिष्ट पत्रकार केदारमान सिंहको निधन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । वरिष्ट पत्रकार केदारमान सिंह श्रेष्ठको ८१ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मुटु रोगबाट पीडित सिंहको बुधबार उपचारका क्रममा काठमाडौंमा निधन भएको हो ।

सिंहले फ्रान्सेली समाचार एजेञ्सी ए.एफ.पी.मा ४० वर्ष र बिबीसीमा २० वर्ष नेपाल प्रतिनिधि भएर काम गर्नुभएको थियो । श्रेष्ठले पछिल्लो समयमा स्वतन्त्ररूपमा विभिन्न पत्रपत्रिकामा लेख लेख्दै आउनुभएको थियो । काठमाडौं-२१ भोटेबहाल निवासी उहाँको धर्मपत्नी, एक छोरा र एक छोरी हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?