‘चिसो मान्छे’ ट्रेलरः नेपाली माटोको दृश्य

Read Time = 3 mins

काठमाडौं । आगामी असार ३ गते नयाँ नेपाली चलचित्र ‘चिसो मान्छे’ प्रदर्शन हुने तयारीमा छ । नेपाली चलचित्र क्षेत्रमा निर्देशकिय पाटोबाट राम्रो छबि बनाउनु भएका दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र हो यो । त्यसैले पनि केहि बिशेष रुपमा लिइएको छ ।

सोमबार काठमाडौंमा एक कार्यक्रमका बिच ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक गरियो । सार्वजनिक ट्रेलरमा नेपाली माटोको कथाका दृश्य उतारिएको छ । दृश्य पारिवारिक बन्धन र उल्झनको देखाइएको छ । मृत्यु भएको श्रीमानको शव दाहसंस्कार गर्न नपाउँदै भविश्यबारे सोच्ने महिलाको कथा ट्रेलरमा देखाइएको छ ।

ट्रेलरमा नायिका स्वस्तिमा खड्काको अभियन जीवन्त देखिन्छ । उमेरमै जीवन साथी गुमाएपछि त्यसले दिने चोट, परिवार, समाजको नैतिक बन्धन र मनको गुप्त चाहनालाई ट्रेलरले छर्लंग पारेको छ । वैदेशिक रोजगारीमा गएको श्रीमान कफिनमा फर्किएपछि वैशालुबय भर्खरै सुरु हुँदै गरेकी श्रमतीलाई कति चोट पर्छ ? ट्रेलरका दृश्यमा स्पष्ट देखिन्छ । तर, त्यो घाउ सेलाउन नपाउँदै लोकलाजको भयले परिवारले सम्झाइरहने नैतिक बन्धन ट्रलेरले देखाएको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशन खनालले नेपाली समाजको यथार्थलाई केहीहदसम चलचित्रमा समेट्ने प्रयास गरेको बताउनुभयो । उहाँले सामाजिक क्षेत्रदेखि अत्यावश्य सेवामा समेत राजनीति हुनेगरेको र समाज, व्यक्तिमा सहिष्णुमा ह्रास आउँदै गएको भन्दै तिनकै कुरालाई पर्दामा उतारिएको बताउनुभयो ।

कार्यक्रममा नायिका स्वस्तिमा खड्का, नायक अर्पण थापाले पनि आफ्नो भूकिाबारे प्रकास पार्नुभयो । कार्यक्रममा काठमाडौं महानगर पालिकाका उम्मेदवार बालेन्द्र शाह पनि उपस्थित हुनुहुन्थ्यो । उहाँले पनि चलचित्रको ट्रेलर हेरिसकेपछि कलाकार र निर्देशकको प्रसंशा गर्नुभयो । साथै उपस्थित कलाकारले स्थानीय तहको निर्वाचन सकिएसँगै मतगणना जारी भइरहँदा र बालेन्द्रको मतले अग्रता लिइरहदा शुभकामना दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?