काठमाडौं । अरहन्त सिंह र अमृत थापा मगरबीच ओलम्पिक डे स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलको फाइनल भिडन्त हुने भएको छ । नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा अरहन्तले दिपक थापालाई ११-४, ११-४, ११-६ तथा अमृतले अमिर ब्लोनलाई ११-६, ११-४, ११-९ को सोझो सेटमा हराउनुभयो ।
महिला सेमिफाइनलमा विपनाले स्वस्थानी श्रेष्ठलाई ११-२, ११-९ र १४-१२ तथा कृष्णाले अनुभवी भावना सुनुवारलाई ४-११, ११-३, ११-३, ११-६ ले पराजित गर्नुभयो । यसैगरी, भेट्रान्स (५० वर्षमाथि) को फाइनल विनोद शाक्य र प्रवीण कंसाकारबीच हुनेछ ।
यसैबीच ओलम्पिक दिवसकै अवसरमा काठमाडौं जिल्ला सुटिङ संघले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा शुक्रबार वृक्षारोपण र सरसफाइ गरेको छ । कार्यक्रमको नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले उद्घाटन गर्नुभयो ।
कुमार दर्शन स्मृति प्रतिष्ठानले कार्यक्रमका लागि टिसर्ट, ब्यानर र खानाको प्रायोजन गरेको प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका कार्यक्रम संयोजक राजु दर्शनले जनाउनुभएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका