काठमाडौं । काठमाडौंको नयाँ बजारस्थित अग्रणी शैक्षिक संस्था मनास्लु स्कुलले डिजी स्कुल नेपालसँग साझेदारीका लागि सम्झौता गरेको छ । उक्त सहकार्यले मनास्लु स्कुलका विद्यार्थीलाई डिजिटल शिक्षाको अग्रणी संस्था एनसिसी एजुकेसन, युकेको विश्वस्तरीय कम्प्युटर पाठ्यक्रममा पहुँच प्रदान गर्नेछ ।
मनास्लु स्कुलले प्रगतिशील शिक्षा प्रणाली लागू गरी स्टिम शिक्षा (विज्ञान, प्रविधि, इञ्जिनियरिङ, कला र गणित) विषयमा विशेष ध्यान केन्द्रित गरेको छ । डिजी स्कुल कम्प्युटर पाठ्यक्रम अपनाएर मनास्लुले विद्यार्थीलाई कोडिङ, कृत्रिम बुद्धिमता, रोबोटिक्स, इन्टरनेट अफ थिङ््सलगायत विविध विषयको नवीनतम ज्ञान र कौशल प्रदान गर्नेछ ।
मनास्लु स्कुलका सिइओ नरेशप्रसाद श्रेष्ठ भन्नुहुन्छ, ‘हामी यो साझेदारीले ल्याउने सम्भावनाबारे उत्साहित छौँ । डिजी स्कुल कम्प्युटर पाठ्यक्रमलाई हाम्रो शैक्षिक कार्यक्रममा समावेश गर्नुको प्रमुख उद्देश्य अहिलेको डिजिटल युगमा हाम्रा विद्यार्थीको सफल भविष्य सुनिश्चितताका लागि समयसापेक्ष शिक्षा प्रदान गर्नु नै हो ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच