‘ओभर द मुन’को फष्टलुक सार्वजनिक

Read Time = 3 mins

काठमाडौं । लघु चलचित्र ‘ओभर द मुन’को फष्टलुक सार्वजनिक भएको छ । अभिनेत्री तथा निर्मात्री शुभेच्छा थापाको निर्देशन रहेको चलचित्रको पोस्टरमा प्रमुख दुई पात्र समीप निरौला र उमेश खड्कालाई प्रस्तुत गरिएको छ ।

युबी मिडिया इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा शुभेच्क्षा थापा, समीप निरौला, उमेश खड्का, बिम्ली सुशीला निरौला, रश्मी भट्ट, भगवान भण्डारी, सुरेश पुडासैनी, सहारा खड्का क्षेत्री, चन्द्र गुरुङ, रोशनी न्यौपाने, मन महर्जन, रेखा केसी, निकिशा श्रेष्ठ, भरत जिम्बा, गौरव हमाल, विश्वल न्यौपाने, आकांक्षा गुरुङ र गोपाल ढुंगानाको अभिनय छ । चलचित्रमा बाल कलाकारद्वय रक्षा दाहाल र रोहन भट्टराईको पनि अभिनय छ ।

निर्देशक थापाले चलचित्रले समलिंगीसँग सम्बन्धित कथा देखाउने बताउनुभयो । ‘समाजमा केटाकेटा र केटीकेटीले बिहे गर्न या माया गर्न चाहेमा समाज र घरपरिवारबाट कसरी अपहेलित हुनुपर्छ । छोराछोरीको इच्छालाई समर्थन नगरे केसम्म हुन्न सक्छ भन्ने विषय चलचित्रमा समेटिएको छ’, उहाँले भन्नुभयो । चलचित्रमा उमेश खड्काको कथा र गीत, उत्तमजंग लिम्बु ।

प्रज्ज्वल कार्कीको स्वर, शंकरजी विश्वकर्माको कोरियोग्राफी, बिनोद लामा खुपेन्द्र ढुंगेलको छायांकन, सुदर्शन खत्रीको सहायक निर्देशन, चन्द्र गुरुङको मेकअप, दिनेश चौधरीको कष्ट्युम, उज्जवल खड्काको प्रोडक्सन छ चलचित्रमा ।

उमेश खड्काको लगानी रहेको यो चलचित्रमा सुरेश पुडासैनी सल्लाहकार हुनुहुन्छ । चलचित्रको डिजिटल राइट्स युबी मिडिया इन्टरटेनमेन्टसँग छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?