सुविधा सम्पन्न पर्यटक बसपार्क निर्माण गर्न सरकारसँग माग

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले काठमाडौंमा सुविधा सम्पन्न पर्यटक बसपार्क तत्काल निर्माण गर्न सरकारसँग माग गर्नु भएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले देशका विभिन्न पर्यटकीय सहरहरुमा जाने पर्यटकहरुका लागि व्यवस्थित र सुविधासम्पन्न पर्यटक बसपार्क काठमाडौंमा निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो । सांसद भट्टराईले नेपाल प्रवेश गरेपछि देशका विभिन्न ठाउँमा जाने पर्यटकहरु काठमाडौंमा बसपार्क नभएका कारण असुरक्षित भईरहेकाले पनि सरकारले उनीहरुलाई लक्षित गरेर बसपार्क बनाउन ढिलाई गर्न नहुने स्पष्ट पार्नु भयो ।

उहाँले भन्नु भयो, ‘सरकारले सन् २०२३ देखि २०३३ सम्मलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने योजना अनुरुप नेपाल पर्यटन दशक रणनीतिक कार्ययोजना सार्वजनिक गरेको छ । तर देशको राजधानी काठमाडौंमा आजसम्म टुरिष्ट बसपार्क स्थापना हुन सकेको छैन । व्यवस्थित बसपार्क नबनेका कारण काठमाडौंको सोह्रखुट्टै सडकबाटै बस छुट्न बाध्य छन । नेपाल प्रवेश गरेपछि देशका विभिन्न पर्यटकीय गन्तव्यहरुमा जानका लागि पर्यटकहरु असुरक्षित भएर सडकमा उभिनुपर्ने बाध्यता छ । काठमाडौंमा नेपालका प्रमुख पर्यटकीय सहरहरु पोखरा, चितवन, लुम्विनी, जनकपुरलगायतका गन्तव्यहरु पर्यटकीय बसहरुले सेवा दिईरहेका छन । तर सबै बस व्यवसायी सडकबाटै पर्यटकहरु बोक्न बाध्य छन । त्यसैले काठमाडौंमा एउटा व्यवस्थित र सुविधा सम्पन्न टुरिष्ट बसपार्क निर्माण गर्न आवश्यक छ । यसका लागि सम्माननीय सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्दछु ।’

सांसद भट्टराईले सरकारले नेपाल भ्रमण दशक घोषणा गरेपनि त्यस अनुरुपको तयारी गर्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?