प्रधान सेवकका गुुणहरू

Read Time = 14 mins

राजनीति गर्ने व्यक्ति आफैँमा शासक होइन । ऊ राजनीतिबाट आएको जनताको सेवक हो । अझ लोकतन्त्रमा त जनताद्वारा चुुनिएका व्यक्तिहरू नै शासनको मियो बनेर आफूलाई राजनीतिज्ञका रूपमा स्थापित गरेका हुन्छन् । राजनीति सत्तामा पुुग्ने साधनमात्र पनि होइन । सत्ताबाट बाहिर आउनसाथ बर्बराउने माध्यम पनि होइन । यो त सत्तामा रहँदा वा बाहिर रहँदा पनि जनसेवकका रूपमा काम गरिरहने आधार हो । आफूलाई पर्गेल्ने कसी पनि । यही आधार शासन व्यवस्थामा पनि सक्रिय बनेर देखिएको हुन्छ ।

यही आधारमा मानिस सत्ताको सुखभोगमा रहेको हुन्छ । शासनको व्यवहारिक पक्ष भनेको देशका सबै जनताको जीवनयापन व्यवस्थित बनेर रहोस् । सबैको एक किसिमको उन्नति होस् । राष्ट्रमा रहेका सबै जनताले शासकबाट अपनत्त्वको प्रत्याभूति प्राप्त गरून् भन्ने हो । यही नै शासकमा देखिने आभास पनि हो । शिक्षा, स्वास्थ्य, सञ्चार, यातायातको सुुविधा नै आजका विकसित देशको आधार हो ।

राष्ट्र आफैँमा धनी हुुँदैन । राज्यका सबै जनता आफूलाई र आफ्नो आचरणलाई पालन गरेर धनको आर्जन गर्नु आवश्यक मानिन्छ । यसपछि मात्र राज्य अर्थमा सबल हुने गर्दछ । क्रोध र क्रूरतालाई आउन नदिइकन धनको आर्जन गरोस् ।

महाभारतको युद्ध जितेपछि पाण्डुुपुत्र युधिष्ठिरले आफ्ना पितामह भीष्मसित यही कुराको जिज्ञासा राखे । शासनमा बसेका र आफूलाई सत्तासीन मान्ने व्यक्तिहरूमा के कस्ता ? गुुणहरू हुनु आवश्यक छ । ती गुुणका माध्यमबाट शासक आफैँ शासक होइन सेवक बन्न सकोस् भन्ने धारणा राखेका छन् । शासक शासन गर्दाका अवस्थामा सेवक हो । शासन बाहिर रहँदा पनि उसको प्रशंसा होस् । यही कारणले युधिष्ठिरले यो प्रश्न आफ्ना पितामहलाई सुोधेको देखिन्छ । हस्तिनापुरका प्रधान सेवक युुधिष्ठिरले सोधेको प्रश्नको उत्तरमा भीष्मले सत्तासीन व्यक्ति वा आफूलाई शासक ठान्ने व्यक्तिमा अनिवार्यरूपले छत्तिस गुुण हुनुुपर्ने तथ्यलाई बाहिर ल्याएका छन् ।

शासकका गुुण :
शासक सामान्यतया आफूलाई शासक मान्ने र जनताको सेवक ठान्ने प्रकृतिका हुने गर्दछन् । जनताको सेवक ठान्ने शासकले जहिले पनि आफूलाई जनताका माझमा उभ्याएको हुन्छ । जनतालाई केन्द्रमा राखेर शासन गरिरहेको हुन्छ । शासक सदा आफू र आफ्नाप्रति उदासीन रहेको हुन्छ । उसको मुख्य लक्ष्य भनेको देशको विकास र जनताको उन्नति नै आधार बनेको हुन्छ । शासकका विद्यमान रहने मूलभूूत गुुणहरूका सन्दर्भमा भीष्मले भनेका छन् :
अयं गुुणानां षट्त्रिशत्षट्त्रिंशद्गुणसंयुतः
यान् गुुणास्तुु गुु्णोपेतः कुुर्वन् मवाप्नुुयात् ।।
दया र उदारताबाट युुक्त प्रधान सेवकमा छत्तीस प्रकारका गुणहरू हुुने गर्दछन् । ती गुुणहरूबाट नैशासक पूर्णरूपले शासकीय धर्मलाई निर्वाह गर्ने खालको रहेको हुन्छ । शासकले पूूर्णरूपमा यी गुणहरूको पालना गर्नु अनिवार्य मानिएको छ । यी गुुणहरूबाट शासक सम्पन्न भयो भने उसले चलाउने शासन व्यवस्था जनताका लागि उपयोगी हुने कुरालाई भीष्मले उल्लेख गरेका छन् । यी गुुणहरूले नै शासकलाई असल शासक र राष्ट्रलाई असल राष्ट्रको दर्जा प्रदान गरेका हुन्छन् ।

शासकले अपनाउनुुपर्ने गुुणहरू आफैँमा उसका मात्र होइनन् । ऊमार्र्फत त्यस राष्ट्रका जनताले के पाए भन्ने सन्दर्भ पनि शासकसित जोडिएर आएका हुन्छन् । त्यसैले भीष्म युधिष्ठिरलाई असल शासक र हस्तिनापुरका असल सेवक बन्न आग्रह गरिरहेका छन् । जनताको सेवक नबनेका अवस्थासम्म शासकमा रहेका शासकीय गुुणहरूले उसलाई पच्छ्याएका हुँदैनन् । ती छत्तीस गुुुणहरूमा :
चरेद् धर्मानकटुुको मुुञ्चेत् स्नेहं न चास्तिकः
अनृशंसश्चरेदर्थं चरेत् काममनुुद्धत्ः ।।
शासकले देश र जनताका लागि पालन गर्ने पहिलो आधार धर्मको आचरण हो । धर्मको पालन शासकले कटुुताबाट नगरोस् । अथवा राज्यमा रहेका सबै धर्मलाई सम्मान गर्दै आफूले पनि धर्मको आचरणलाई निरन्तरता दिनुु आवश्यक देखिएको छ । आफूू धर्मभ्रष्ट भएर अरूलाई धर्मको आचरण शासकले कहिले पनि सिकाउन मिल्दैन । आफू आस्तिक बनोस् र सबैलाई प्रेमपूूर्ण भावनाबाट धर्मप्रति जागरूक हुन आग्रह गरोस् । धर्मको आचरणपछि राज्यलाई चाहिने अर्थ (धन) हो ।

राष्ट्र आफैँमा धनी हुुँदैन । राज्यका सबै जनता आफूलाई र आफ्नो आचरणलाई पालन गरेर धनको आर्जन गर्नु आवश्यक मानिन्छ । यसपछि मात्र राज्य अर्थमा सबल हुने गर्दछ । क्रोध र क्रूरतालाई आउन नदिइकन धनको आर्जन गरोस् । मानिस मर्यादित प्राणी हो । शासक त अझ सारै मर्यादित हुनुु आवश्यक छ । शासकले मर्यादापूूर्वक विषयको भोग गरोस् ।

भीष्मले युुधिष्ठिरका सामुु शासकका चार गुुणहरूलाई पहिलो श्लोकमा राखेका छन् । धर्म, अर्थ र कामलाई आधार बनाइएको छ । शासक पहिले आफू धर्मको आचरणमा सदा तल्लीन रहनुु आवश्यक देखियो । धर्मको आचरणबाट नै धनको सङ्ग्रह गरोस् । विषयलाई पनि भोगोस् तर मर्यादाको उलङ्घन नगरोस् । मर्यादाको उल्लङ्घनले शासकलाई कमजोर बनाउने हुनाले नै भीष्मले मर्यादालाई भोगसित जोडेका छन् । भोगमा डुुबेर राज्यसत्ताका हरेक अङ्गलाई पङ्गुु बनाउने काम शासकको होइन । शासक विषयभोगमा नडुुबोस् भन्ने चाहना नै भीष्मको देखिएको छ । यसका साथै अर्को पद्यमा शासकमा हुुनुुपर्ने गुणलाई बाहिर ल्याउने सन्दर्भमा भनिएको छ :
प्रियं ब्रूूयादकृपणः शूूरः स्यादविकत्थनः
दाता नापात्रवर्षी स्यात् प्रगल्भः स्यादनिष्ठुुरः ।।
आफ्नो दीनता नदेखाइकन मीठो भाषण गरोस् । शूरवीर बनेर अघि आओस् वा राज्यलाई कमजोर हुुनबाट जोगाउने प्रयासमा लागोस् तर आफूलाई सर्वेसर्वा नठानोस् । दान दिएर दानी बनोस् तर अपात्रलाई दान दिने प्रयास नगरोस् । शासक साहसी हुनुु जरुरी छ । कतिपय अवस्थामा लिने निर्णयहरूमा साहसको आवश्यकता पर्ने हुनाले पनि साहसको आवश्यकता शासकीय गुणका रूपमा मानिएको छ । तर, साहसका रूपमा निष्ठुुर हुुने अधिकार शासकलाई कतै पनि छैन ।

हाम्रा शासक :
विचरा हाम्रा शासक ! शासकमा हुनुुपर्ने गुुणहरूमध्ये एउटा पनि छैन । भीष्म पितामहले उल्लेख गरेका प्रधान सेवकमा हुनुुपर्ने गुणहरू हाम्रा शासक वा आफूलाई राजनीतिको हस्ती ठान्ने राजनीतिज्ञहरूमा छन् त ? भन्ने प्रश्न नै आमनेपालीको हो । हामी नेपाली यिनीहरूका हरेक कदमलाई साथ दिने गरेका छौँ । हामीले दिएको साथले आज हाम्रो देशले सङ्घीयतासहितको गणतन्त्र पाएको छ । हामी नेपालीको साथ सहयोगबाट नै आज राज्य समावेशी बनेको छ । सबै नेपालीको योगदानबाट नै मिश्रित प्रणालीको निवार्चन पद्यतिले वैधता पाएको छ ।
शासनमा बसेर रमाउने र शासनलाई आफ्नो दुुनो सोझ्याउने आधार बनाउने शासकले नेपाली समाजको रूपान्तरणलाई बाहिर ल्याइदिएका छन् । हाम्रो देशको शासनमा आमूल परिवर्तन भएको छ । राज्यले गर्ने निर्णयमा स्वच्छता आएको छ त ? यो र यस्तै प्रश्नहरू आजको शासकले सबै नेपालीबाट पाउने गरेका छन् । सबै नेपालीले यसको उत्तर खोजिरहेका छन् ।

हामी विविधताले भरिएको देशका बासिन्दा हौँ । हाम्रो देशको प्राकृतिक सौन्दर्य मनमोहक छ । जातीय सहिष्णुुता शिक्षाप्रद छ । विदेशी नागरिक हाम्रो देशको भूूगोल, प्रकृति, मठमन्दिर, संस्कार, संस्कृति, परम्परा र सुुन्दरता हेर्न आउने गर्दछन् तर तिनीहरू नेपालको राजनीति देखेर वितृष्णाले भरिएर फर्कन्छन् ।

यी प्रश्नको उत्तर आजको राजनीतिज्ञसित छैन । आज नेपालको राजनीति गर्ने व्यक्ति सबै कुुरामा चुकिसकेको छ । सबै कुरामा आफूलाई अब्बल बनाउन सकेको छैन । शासकले गरेका कमजोरी र विभिन्न भ्रष्टाचारका मुुद्दाहरू दिन प्रतिदिन बाहिर आउन थालेका छन् । आफूलेमात्र होइन आफ्नालाई समेत पुुग्नसक्ने सम्पत्ति आर्जन गरिएको छ । शासक आज आएर देशवासीलाई बेचेरसमेत पैसा कमाउन लागेको कुरा खुल्दै आएको छ । यस्ता घिनलाग्दा हर्कतले देशको शासन व्यवस्था उत्तम हो र हामीले प्रयोग गरेको मताधिकार सही हो भन्ने पक्षमा हामी सदा गर्व गरिरहेका छौं । राजनीतिमा आएका र राजनीतिका दार्शनिकबाट खारिएर आएका कुनै पनि व्यवस्था ठीक छैनन् भन्ने होइन ।

व्यवस्था हरेक ठीक छन् । ती व्यवस्थाका हरेक पक्ष सबल पनि छन् तर व्यवस्थाका सञ्चालक र तिनले प्रवाह गरेको शासकीय पद्धति ठीक भएन भन्ने होइन । आफूलाई केन्द्रमा राखेर गरिने सबै व्यवस्था कमजोर बनेका छन् नेपालको सन्दर्भमा । सबै व्यवस्थाको शासकीय पद्यति कमजोर देखापरेको छ । शासकले व्यवस्थामा परिवर्तन गर्ने होइन । व्यवस्थाको साँचामो आफूलाई ढाल्न नसकेर वा आफू ढालिन नसकेर देशको यो अवस्था देखिएको तथ्यलाई स्वीकार्नुुपर्ने अवस्था अनिवार्य देखिएको छ ।

हामी विविधताले भरिएको देशका वासिन्दा हौँ । हाम्रो देशको प्राकृतिक सौन्दर्य मनमोहक छ । जातीय सहिष्णुुता शिक्षाप्रद छ । विदेशी नागरिक हाम्रो देशको भूूगोल, प्रकृति, मठमन्दिर, संस्कार, संस्कृति, परम्परा र सुुन्दरता हेर्न आउने गर्दछन् । तर, तिनीहरू नेपालको राजनीति देखेर वितृष्णाले भरिएर फर्कन्छन् । किन यस्तो भयो । हाम्रो देशको अवस्था । यो अवस्थाबाट बाहिर निकाल्ने देशका राजनीतिकर्मी र राजनीति नै हो । तिनीहरू र तिनका वर्गीय सङ्गठन सच्चिनुु आवश्यक छ ।

यदि सच्चिन सकिएन भने यो देशको राजनीतिमात्र होइन सबै अवस्था कमजोर हुने सम्भावनालाई नकार्न सकिँदैन । देशको अवस्थालाई मनन गरेर अघि बढ्नुु आवश्यक छ । सच्चिनुु तिनको आवश्यकता हो । देशका लागि औचित्य पनि । भीष्मले हस्तिनापुरका प्रधान सेवकलाई भनेका छत्तीस गुुणमध्ये आठको चर्चा गरियो । अन्य अङ्कमा अन्य गुुणहरूले पनि निरन्तरता पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?