नेपालको संविधान मुगाल भाषामा अनुवाद गदै याङ्गग्याल लामा

हिमालय टाइम्स
Read Time = 5 mins

-नृपेन्द्र बहादुर मल्ल

मुगु । मुगु जिल्ला मुगुम कार्मारोङ्ग गाँउपालिका वडा नं २ मुगु गाँउका याङ्गग्याल लामाका दिनहरु नेपालको संविधान अनुवाद गदै वितिरहेका छन ।

आफ्ना समुदायका मानिसहरुलाई नेपालको संविधान बुझाउन आफ्नै भाषामा संविधान अनुवाद गर्न लागेका लामा दिन रात नभनी एक बर्ष यताबाट संविधान पढ्दै कम्प्युटरमा आफ्नो समुदायको भाषामा अनुवाद गरिरहनु भएको छ ।

मुगु जिल्लाको मुगुम कार्मारोङ्ग गाँउपालिकामा रहेका १४ वडा गाँउहरुमा जनजातीहरुको सतप्रतिशत बसोबास रहेको छ । अन्य गाँउ भन्दा फरक सस्कृती,रहन,सहन,भाषा,भेषभुषा रहेका मुगु गाँउका स्थानियहरुको प्रमुख आम्दानीकाे स्राेत व्यापार व्यवसाय रहेको र व्यापारको सिलसिलामा देश तथा विदेशमा समेत आवत जावत गर्दा नेपालको मुल कानुन सम्वन्धी थाहा नपाउनेले आफ्नो समुदायले अवसर गुमाई रहेको र कष्ट सामना गरिरहनु परेकाले सबैलाई बुझाउन नेपालको संविधान मुगाल भाषा, सम्भोट लिपीमा अनुवाद गरिरहेको अनुवादक याङ्गग्याल लामाले बताउनु भयो ।

सदरमुकाम गमगढी स्थित एक मिठाइ पसलमा शुक्रबार विहान भेटिनुभएका लामा अरु ग्राहक चिया मिठाई खाईरहेको बेला उहाँ एका पट्टी नेपालको संविधान राखेर ल्यापटपमा आफ्नो भाषा अनुवाद गर्दै टाईप गरिहनु भएको थियो ।

उमेरले ७६ बर्ष पुग्नु भएका लामाको जोस र जागर हेर्दा तन्नेरी भन्दा कम थिएन । उत्सुक्ता लागेर नजिक गई सोध्दा संविधान आफ्नो भाषामा अनुवाद गर्न लागेको बताउनु भयो । संविधान नेपाली भाषामा मात्र पाईन्छ नेपाली सबै पढे लेखेका छैनन सबैको भाषामा संविधान उपलब्ध पनि छैन त्यसैले मुगाल समुदायले आफनो भाषामा संविधान पढन,पढाउन, सुन्न र बुझन सकुन भनेर अनुवाद गर्न लागेको बताउनु भयो ।

लामाहरुको भाषामा पढाई हुने गुम्वाहरुमा अध्ययनरत बालबालिकाहरुले पनि संविधान बारे बुझुन् र शिक्षकहरुले पढाउन सकुन् भन्ने उदेश्य पनि हो उहाँले भन्नुभयो- नेपाल सरकारले देश भित्र बोलिने सबै जातजातीहरुको भाषा र लिपीमा संविधान प्रकाशन गर्छ होला सोचेको थिए लामो समय वित्यो प्रकाशन भएको र आफ्ना समुसदायका कसैले पनि अनुवादमा चासो दिएको देखिन त्यसैले यो उमेरमा पनि दिनरात नभनी भावी सन्तती र आफ्नो समुदायलाई देशको मुल कानुन बुझाउन संविधानलाई मुगााल भाषा,सम्भोड लिपीमा अनुवाद गर्न लागी परेको छु,अनुवाद गर्ने कार्य अन्तिम चरणमा पुगेको र भाषा विज्ञहरुसंग परिक्षण गरि प्रकाशन गर्न तिर लाग्ने छु ।

मुगालहरुको मुलथलो मुगु जिल्लासंग जोडिएको चिन र नेपालको सिमाना नाक्चे लाग्ना नजिक रहेको मुगु गाँउमा हाल ३०० बढी घरधुरी रहेपनि यहाँबाटै जिल्ला सदरमुकाम गमगढी,जुम्ला खलङ्गगा बजार,काठमाडौको बौद्ध,पोखरा भारतको कुल्ली मुनाली,असाम हुदै अमेरिका,हङ्गकङ्ग र ताईवानसम्म मुगालहरु फैलिएको पाईन्छ ।

मुगु जिल्लाको नाम पनि यसै गाँउको नामबाट राखिएको हो परापुर्व कालमा दक्षिणबाट आएका मानिसहरु र उत्तरबाट आएकाहरु विच यो गाँउमा मुगालगायत बहुमुल्य धातु र जडिबुटीहरुको व्यापार हुन्थ्यो । त्यो समयमा मुगु गाँउलाई मुगुम भनिथ्यो पछि मुगुम शब्द अपभ्रम्स हुदै मुगु भएको हो । आफ्नो गाँउको ईतिहास बारे लामाले भन्नुभयो । लामा समुदायमा पहिलो एसएलसि पास गर्ने,सरकारी जागिर(शिक्षक) खाने उहाँ पहिलो मुगाल हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?