काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण सरकारले आविष्कार गरेको विषय नभइएको कुसल रूपमा ह्याण्डलमात्रै गरेको बताउनु भएको छ । शनिबार संसदमा उहाँले नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिनुभयो।
‘नक्कली भुटानी शरणार्थी पहिलेदेखि चल्दै आएको रहेछ । सरकारले आविष्कार गरेको विषय पनि होइन । ह्याण्डल कसरी गर्ने भन्ने चुनौती थियो । कोही पनि दोषी नछुटुन कोही निदोष नफसुन भन्ने निर्देशन गृह मन्त्रालय माताहतलाई दिएको हो । अहिले पनि त्यही हो,’ उहाँले भन्नुभयो, ‘अब यो विषय अदालतमा पुगेको विषय भयो । अदालतले दूधको दूध पानीको पानी गर्ने कुरामा हामी सबैलाई विश्वास छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच