सगरमाथा दिवसमा संघ संस्थाद्वारा र्याली आयोजना

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । विश्वको सर्वोच्च शिखर सरगमाथामा पहिलो पटक मानव जातिले सफल आरोहण गरेको दिनको अवसर पारेर काठमाडौंमा र्याली आयोजना गरिएको छ। १६औँ संस्करणको सगरमाथा दिवसमा पर्यटन सम्बद्ध विभिन्न संघ संस्थाले र्याली आयोजना गरेका हुन्।

सगरमाथामा सन् १९५३ मे २९ मा पहिलो पटक नेपाली नागरिक तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारीले पहिलो पटक सगरमाथा आरोहण गरेको सम्झनामा सगरमाथा दिवस मनाउन थालिएको हो।

बिहान ७ बजे ठमेलको सञ्चयकोष भवनदेखि र्याली निकालिएको थियो। नेपाल पर्यटन बोर्डको हलमा औपचारिक कार्यक्रम गरेर टुंगिने नेपाल पर्वतारोहण संघका कार्यकारी सदस्य राजेन्द्र लामाले बताउनुभयो ।

शेर्पा र हिलारी सगरमाथाको चुचुरोमा पुगेको ७०औँ वर्षको उपलक्ष्यमा एक सयभन्दा बढी आरोहीलाई सम्मान गरिने, पुरस्कार वितरण र नेपाल पर्वतको सगरमाथा विशेष अंक पनि सार्वजनिक गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?