गणतन्त्र दिवसको अवसरमा बजार सरसफाई

सुरेश धामी बझाङ, संवाददाता
Read Time = 2 mins

बझाङ । जिल्लाको बुंगल नगरपालिकामा गणतन्त्र दिवसको अवसरमा सरसफाई कार्यक्रम गरिरएको छ । सोमबार १६ औँ गणतन्त्र दिवसको अवसरमा बजार सरसफाइ अभियान सन्चालन गरिएको बुंंगल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेश कुवँरले बताउनु भयो । बुंगल नगरपालिकाको आयोजनामा नगरपालिकाको मुख्य व्यापारी केन्द्र विजगडा बजारमा सरसफाइ गरिएको हाे ।

घर आगन सफा गरौं नगरलाई स्वच्छ बनाऊँं , भन्ने मुल उद्देश्यका साथ नगरपालिकाको आयोजनामा नगर प्रमुख जयबहादुर धामी, प्रमुख प्रसाशकीय अधिकृत सुर्यप्रसाद चापागाईं नगरपालिकाका सम्पुर्ण कर्मचारी, विभिन्न पार्टीका प्रतिनिधि, पत्रकार, व्यापारी, बुद्धिजीवी, समाजसेवीलगाएतको उपस्तिथिमा सरसफाइ कार्यक्रम गरिएको थियो ।

सरसफाइ कार्यक्रममा नगरप्रमुख जयबहादुर धामीले सम्पुर्ण व्यापारी तथा स्थानीयले आ-आफ्नो घर आगनको सरसफाइ गरी नगरपालिका स्वच्छ सफा बनाएर सहयोग गरिदिन सबैमा अनुरोध गर्नु भएको छ । कार्यक्रममा सबैले हातहातमा विभिन्न संन्देश लेखेका प्ले-कार्ड बोक्दै नारा समेत लगाएका थिए ।

नगरपालिकाको मुख्य व्यापारी केन्द्र विजगडा वर्षौं देखि सरसफाइ नहुँदा फोहोर भएर दुर्गन्धित हुँदै गएको थियो । जनप्रतिनिधि आए सगै बजार सरसफाइ हुँदै जाँदा केही हदसम्म फोहोर व्यवस्थापन भएको छ । साथै अब नगरपालिकाले नियमित बजार अनुगमन गर्ने र सरसफाई गर्न सबैलाई सुझाब दिने जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?