धादिङ । १६ औं गणतन्त्र दिवसको अवसरमा सरकारले देशभरका ४८२ जनाकैदीको सजाय मिनाहा गरेको छ । सो अनुसार जिल्ला कारागार धादिङका ६ जना कैदी रिहा भएका छन् ।
दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा २७६ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको दफा ३७ तथा ज्येष्ठ नागरिक ऐनको दफा १२ बमोजिम देशभरका कारागारमा रहेका ४८२ जना बन्दीहरूको भुक्तान हुन बाँकी कैद सजाय मिनाहा गर्दा धादिङ कारागारका ६ जनाको बाँकी कैद सजाय माफी भएको हो ।
धादिङबाट ९ जना बन्दीहरु कैद सजाय मिनाहाको लागि सिफारिस पठाईए पनि ६ जनाको मात्रै कैद सजाय मिनाहा भएको जिल्ला कारागार धादिङका जेलर राममणी मिश्रले बताउनुभयो।
कारागार धादिङबाट कैद सजाय माफी पाउनेमा धादिङको गंगाजमुना गाउँपालिका-३ का ४९ बर्षिय मैत बहादुर गुरुङ,थाक्रे गापा-१ का ३६ बर्षिय, मिलन तामाङ, सिद्धलेक गापा-२ का राम बहादुर श्रेष्ठ भन्ने ६६ बर्षिय राम श्रिमल,गोरखा आरुघाट गापा-१ का ३६ बर्षिय सुरेश गुरुङ, तनहुँको व्यास नपा-१२ का ४५ बर्षिय समशेर बहादुर सार्की र नुवाकोटको म्यागाङ गापा-२ को धन बहादुर गुरुङ रहेको जेलर मिश्रले बताउनुभयो।
कारागारमा हाल २ सय ८६ कैदी र दुई जना आश्रित बच्चा रहेका छन् । संविधानको दफा ३७ मा ५० प्रतिशत कैद भुक्तान गरेका र चालचलनमा सुधार आएका कैदीको सजाय माफी दिन सक्ने व्यवस्था छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच