विश्वकै धनी व्यक्ति पुनः एलन मस्क

Read Time = 2 mins

न्यूयोर्क । एलन मस्क पुनः विश्वकै धनी व्यक्ति बन्नुभएको छ । टेस्लाका सिईओ मस्क फ्रान्सेली उद्योगपति बर्नार्ड अर्नाल्टलाई पछाडि पार्दै विश्वकै सबैभन्दा धनी व्यक्ति बन्नुभएको हो । पछिल्लो केही दिनयता एलोन मस्कको सम्पत्ति बढ्दा उही समयमा बर्नार्ड अर्नाल्ट पेरिस ट्रेडिङको शेयर २.७ प्रतिशतले घट्न पुगेको थियो । जुन घटाइले मस्कलाई पुनः एक पटक विश्वको सबैभन्दा धनीको सूचीमा फर्काएको हो ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्स यस वर्ष शीर्ष स्थानको लागि दुवै बीचमा प्रतिस्पर्धा चल्दै आएको जनाएको छ । जसअनुसार कहिले एलोन मस्क र कहिले बर्नार्ड अर्नाल्ट शीर्ष स्थानमा रहँदै हुनुहुन्थ्यो । तर, यो वर्ष लामो समयसम्म बर्नार्ड अर्नाल्ट नै विश्व कै धनी व्यक्ति बन्दा मस्क भने दोस्रो स्थानमा झरिरहुनभएको थियो ।

अर्नाल्टको कुल सम्पत्तिबाट एकै दिनमा ११ अर्ब डलरको नोक्सान भएको थियो । अहिले बुधबारसम्म उहाँको कुल सम्पत्तिमा पाँच अर्ब २५ करोड डलरको नोक्सानी भएको छ । अहिले बर्नार्ड अर्नाल्टको कुल सम्पत्ति १८७ अर्ब डलर छ तर पनि यो वर्षमात्रै उहाँको सम्पत्ति २४.५ अर्ब डलरले बढ्न पुगेको छ । पुनः विश्वकै धनी व्यक्ति बन्नुभएका एलोन मस्कको सम्पत्ति भने १९२ अर्ब डलर पुगेको छ । ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार बुधबार एलोन मस्कको कुल सम्पत्ति १.९८ बिलियन डलरले बढेको हो । साथै, यो वर्ष उहाँको कुल सम्पत्तिमा ५५.३ अर्ब डलरले वृद्धि भएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?