महाभारतका शकुनी मामा अस्पताल भर्ना, अवस्था गम्भीर

Read Time = 1 min

मुम्बई । भारतीय धार्मिक टेलिफिल्म ‘महाभारत’मा शकुनी मामाको भूमिका निभाएर लोकप्रिय बनेका अभिनेता गुफी पेन्टल अस्पताल भर्ना भएका छन् । केही समयदेखि अस्वस्थ रहेका गुफीको पछिल्लोपटक स्वास्थ्य अवस्था गम्भीर बनेपछि अस्पताल भर्ना गरिएको हो ।

टेलिभिजन अभिनेत्री टीना घईले गुफीको अवस्था गम्भीर रहेको पुष्टि सामाजिक सञ्जालमार्फत गरेकी छन् । टीनाका अनुसार गुफीको परिवारले उनको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी दिन अस्वीकार गरेको छ ।

गुफीले सन १९८० को दशकमा कैयौं फिल्ममा अभिनय गरे । यद्यपि बीआर चोपडाको टेलिफिल्म ‘महाभारत’मा शकुनी मामाको भूमिका निभाएर घर–घरमा पहिचान बनाएका थिए । आज पनि उनको भूमिकालाई दर्शकले सम्झन्छन् । गुफी अभिनेता बन्नुअघि इञ्जिनियर थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?