गगन लक्षित देउवाको जवाफ : कसैको बिरोध गरेर पार्टी बलियो बन्दैन

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगनकुमार थापाको भनाइलाई लक्षित गरेर जवाफ फर्काउनु भएको छ ।
शनिवार नेपाली काँग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीमा कसैको बिरोध गरेर पार्टी ठूलो नबन्ने समेत बताउनु भयो ।

केही दिन अघि महामन्त्री थापाले आमकार्यकर्ताको पार्टी नेतृत्वप्रति असन्तुष्टि बढ्दै गएकाले पार्टीहितका लागि नेतृत्वदायी भूमिकाबाट बाहिर परे आफू तयार रहेको बताउँदै सभापति शेरबहादुर देउवा पनि यसका लागि तयार हो ? भनेर प्रश्नसमेत गर्नुभएको थियो ।  शुक्रबार मात्र एक कार्यक्रममा थापाले आममाफी, नागरिकता विधेयक प्रमाणीकरण सभापतिका एकल सहमतिका निर्णय भएको बताउनु भएको थियो ।

त्यसैको जवाफ स्वरुप कसैको नाम नलिइ देउवाले कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो नबन्ने बताउनु भयो । उहाँले आफ्नो सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको भन्दै उहाँले अब युवा पुस्ताकै पालो भएको बताउनु भयो ।

उहाँले पार्टीको लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको स्पष्ट पार्नुभयो । उहाँले पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाइ जनसम्पर्क बिस्तार गर्नुपर्ने बताउनु भयो । उहाँले आफूले नेपाली काँग्रेसलाई अहिले देशको ठूलो पार्टी बनाएको भन्दै आ आफूले सहयोग गर्ने मात्रै रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठूूलो पार्टी भएको छ । सत्य कुरा हो । अहिले सबै ठाउँमा नेविसंघले जितेको छ । यो पनि सत्य कुरा हो । सधैँ हारेको नेविसंघ जितेको छ, सानो पार्टी ठूलो पार्टी भएको छ । अब यसलाई अघि बढाउनुछ । अझ यसलाई बलियो बनाउनुछ । गाली गरेर केही हुनेवाला छैन । काम गर्नुस् न पार्टी ठूलो बनाउनुस्, बलियो बनाउनुस् । बिरोध गरेर पार्टी बन्नेवाला छैन, पार्टी बनाउनलाई जनताको काँधमा काँध र जनसम्पर्क नै हो । जनतामा जानुपर्छ । जनतामा जाने हो । गाली गरेर कहाँ पार्टी बन्छ । लडाई गर्ने हो ? अफ्ठ्यारोमा गयो भने के गर्ने । अहिले पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठूलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन । एकजनालाई गाली गरेर पार्टी बलियो हुँदैन । सबै एक भएर गए पार्टी बलियो हुन्छ ।’

सभापति देउवाले सबै एकजुट भएर लागेमात्रै पार्टीलाई बलियो बनउन सकिने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?