अकालमा नागरिकको ज्यान जाने सडक नबनोस्: अमरेशकुमार सिंह

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले अकालमा ज्यान जाने सडक बनाउने कार्य रोकिनुपर्ने बताउनुभएकाे छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले नदी किनारमा बनाइएका सडकमा सुरक्षाको मापदण्डअनुसार निर्माण नहुँदा अकालमा नागरिकले ज्यान गुमाइरहेका बताउनुभयाे । यसको दोषी को हो ? भनेर उहाँले प्रश्न पनि गर्नुभयाे ।

नदी किनारमा बनाइएका सडकमा पक्की वा फलामको बारजस्ता सुरक्षाका लागि आवश्यक संरचना नबनाइएको भन्दै उहाँले सडकमा संख्याभन्दा सुरक्षाको मापदण्डअनुसार थोरै  बनाएर भए  पनि नागरिकको जीवनरक्षा गर्नुपर्नेमा जोड दिनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?