प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । बजेटबारे छलफल भईरहेको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

मन्त्री बैठकमा उपस्थित नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले नियमापत्ति गर्नु भएको थियो । त्यसलगत्तै सो पार्टीका सांसदहरुले उठेर अवरोध सृजना गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । सांसद श्रेष्ठले बैठकमा मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने नियम उलंघन भएकाले नियमापत्ति गर्नु परेको बताउनु भएको थियो ।

उहाँले भन्नु भयो, ‘सम्माननीय सभामुख महोदय, हाम्रो प्रतिनिधिसभाको नियमावलीमा नियम ६, उपनियम ५ मा बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था छ । र, कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदा सम्बन्धित मन्त्रीसमेत अनिवार्य उपस्थित हुनुपर्छ भन्ने छ । मलाई थाहा छ । हाम्रो फाईनान्स मिनिष्टर अर्को हाउसमा हुनुहुन्छ भनेर । तर यहाँ यत्रा प्रिपियर गरेर प्रश्नहरु सोध्दाखेरी उहाँ नभईदिँदाखेरी अर्को एउटा नियम छ १४२ । जहाँ उहाँले छलफलमा आएको प्रश्नको जवाफ दिनुपर्छ । त्यो नियमको चाँही उलंघन भयो सभामुख महोदय । त्यसकारण नियमापत्ति गरेको हुँ ।’

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले बोल्ने कार्यसूचि थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?