पाल्पामा भित्रियो अवैध युरिया मल, सरकारी अनुदानको मल समेत निजीलाई

फाइल तस्बिर

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 5 mins

पाल्पा । पछिल्ला केही दिन यता पाल्पामा अवैध युरिया मल भित्रिएको खुलासा भएको छ । किसानले खेतबारीमा मल प्रयोग गर्ने समय भएका बेला धमाधम भारतीय बजारबाट भन्सार छली गरी मल पाल्पा ल्याइएको खुल्न आएको हो ।

शनिबारमा भारतीय बजारबाट भन्सार छलेर ल्याउँदै गरेको ३ सय ७२ बोरा अवैध युरिया मल पाल्पा प्रहरीले बरामद गर्‍यो । जिल्लाको रम्भा गाउँपालिका-१ हुँगीस्थित कालीगण्डकी करिडोर सडक खण्डबाट २ लाख ९७ हजार ६ सय मूल्य बराबरका ३ सय ७२ बोरा युरिया मल प्रहरीले नियन्त्रणमा लिएको थियो । नवलपरासीबाट रामपुरतर्फ मल लिएर जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकबाट उक्त मल प्रहरीले नियन्त्रणमा लिएको हो । शंका लागेर चेक जाँच गर्ने क्रममा हुँगी प्रहरी चौकीले विल नभएको भारतीय जनउर्वरक परियोजना भारत युरिया नामक १६७४० केजीको मल नियन्त्रणमा लियो ।

प्रहरीले नियन्त्रणमा लिएको अवैध मल स्थानीयको रोहबरमा बरामद गरी आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ । उक्त परिमाणको मल बरामद गरेको केही समयमै प्रहरीले मल भण्डारण गरी राखेको गोदाम नै फेला पार्‍यो । रामपुर क्षेत्रमा धमाधम अबैध मल भित्रिएको सुईको पाएको प्रहरीले खोज्दै जाँदै जिल्लाको रामपुर नगरपालिका-५ बेझाडको एक सटरमा मल भण्डारण गरी राखेको फेला पारेको हो । रामपुरको बेझाडस्थित विजय श्रेष्ठको ४ तले पक्की घरको भुई तलाको सटरमा अबैध मल भण्डारण गरी राखिएको थियो ।

अबैध मल भण्डारण गरी राखेको भनि गोप्य सुुचनाको आधारमा रामपुर नगरपालिकाकी उपप्रमुख बालकुुकारी थापाको संयोजकत्वमा गएको कृषि सहकारी अनुुगमनकर्ता, जनप्रतिनिधि,उद्योगी, व्यवसायीका प्रतिनिधि र प्रहरीसहितको टोलीले श्रेष्ठको सटर खोली हेर्दा भारतीय जनउर्वरक परियोजना भारत युुरिया नामक ६ सय ५० बोरो युरिया मल फेला पारेको थियो । मल फेला पारेपछि टोलीले उक्त सटर शिलबन्दी गरेको छ ।

इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले आशंका लागेको स्थानमा अनुगमन गर्ने क्रममा भण्डारण गरी राखिएको फेला परेको बताउनुभयो । उहाँले भन्नुभयो ‘सम्बन्धित व्यक्तिलाई नभेटेपछि ताला तोडेर हेर्दा ६ सय ५० बोरा मल फेला परेको हो, अवैधरूपमा भण्डारण भएको युरिया मल अहिले जनप्रतिनिधि, सरोकारवालाको रोहवरमा सटर कोठा सिल गरिएको छ ।’ ‘अहिलेलाई सिल गरेर मल राखिएको छ, मल कसरी भित्रियो यसबारेमा प्रहरीले अनुसन्धान गर्नेछ, अवैधरूपमा ल्याइएको पाइएमा सम्बन्धित व्यक्ति वा व्यापारीलाई कानूनी कारवाही हुन्छ,’ डिएसपी वीरेन्द्र थापा भन्नुभयो ।

यहाँ अवैध मल भित्रिएको मात्र छैन् किसानलाई आएको सरकारी अनुदानको मल समेत नीजि एग्रोभेटलाई विक्री गरेको पाइएको छ । केही दिन अघि सरकारले किसानलाई अनुदानमा उपलब्ध गराएको युरिया मल निजी एग्रोभेटलाई बिक्री गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्लाको रामपुर नगरपालिका-७ स्थित हराभरा कृषि सहकारीले अनुदानमा आएको मल निजी एग्रोभेटलाई बिक्री गरेको थियो । उसले स्याङ्जाको वालिङ भकुण्डेस्थित गरिमा एग्रोलाई बिक्री गरी गाडीमा मल लैजाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।

सहकारीले एग्रोलाई प्रतिबोरा एक हजार ५० का दरले बिक्री गरेको पाइएको छ । हाल किसानलाई बालीमा छर्न युरिया मल आवश्यक छ । तर अबैध रुपमा मल भित्रिए पनि किसानले सहजै पाउन सकेका छैनन् । बारीमा मकैका लागि मल राख्नुपर्ने बेला भए पनि अझै किसानको हातमा पुग्न सकेको छैन् । सरकारी अनुदानमा आएको मल समेत निजी संस्थालाई विक्री गरिदा न किसानले समयै मल पाउन सकेका छन् नत सस्तोमै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?