काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आइपीओमा ५८ करोड ६१ लाख २४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबार बिहानसम्ममा ५ लाख ३० हजार १४६ जना सर्वसाधारण लगानीकर्ताले ५८ लाख ६१ हजार २४० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा १.६१ गुणा वढी आवेदन हो ।
कम्पनीले शुक्रबार ९जेठ २६ गते० देखि प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३६ लाख १९ हजार ९८१ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । कम्पनीको जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको छ । जसको ४४।९९२२ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँको ४३ लाख ५३ हजार कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर बिक्री गरिसकेको छ ।
यस्तै, ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोष र ४ प्रतिशतले हुने १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । कर्मचारीले ९३ हजार ९६१ कित्ताका लागि आवेदन नदिएका कारण उक्त सेयर पनि थप गरी अहिले सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । यसमा जेठ ३० गतेसम्म आवेदन दिन सकिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच