नदीजन्य पदार्थको अबैध चोरी निकासी, प्रहरी मौन

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । नवलपरासीको सुस्ता गाउपालिका वडा नम्बर ३, ४ र ५ मा पर्ने नारायणी नदिमा नदिजन्य पदार्थको चोरी निकासी हुँदा पनि प्रहरी प्रशासन मौन रहेकाे छ ।

चोरी निकासी व्यापक रुपमा भैरहेको स्विकार गर्दै सुस्ता गाउपालिका अध्यक्ष टेक नाराणय उपाध्यायले भन्नुभयाे- "दैनिक चोरी निकासी भएको प्रहरीले देखीरहेको छ । प्रहरीले चोरी निकासी रोक्न कुनै पनि कदम चालेको नदेखे पछि मैले चोरी निकासी रोक्न सहयोग गरिदिनको लागि प्रहरी प्रशासन, जिल्ला प्रशासन कार्यालय र मन्त्रालयलाई पत्रचार पनि गरेँ ।”

अहिले गण्डक मर्मत कार्यको बहाना बनाउदै यतिखेर नदीबाट गिट्टी बालुवा र मिस्कट धमाधम चोरी निकासी भइरहँदा जिल्ला प्रशासन भने बेखवर जस्तो देखीएको छ । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश अर्यालले सुस्तामा चोरी निकासी भएको कुनै जानकारी नआएको बताउनु भयो ।

उहाँले भन्नुभयाे-“ सुस्तामा चोरी निकासी भएको थाहा छैन, त्यहां गण्डक नहर बन्दैछ सोका लागी चाहिने आवश्यक सामग्री नदिबाट निकालेको र सो को रोयल्टी सुस्ता गाउपालिकाले लिगेको सम्म जानाकारी छ ।”

सुस्ता गाउँपालिकाको वार्ड न ३,४ र ५ को विभिन्न स्थानबाट नदि दोहनकर्ताहरुले अहिले दिनको समयमा मेसिनरी उपकरण अर्थात जेसिबी प्रयोग गरि दिनभरी गिट्टी, बालुवा, ढुङ्गा र मिस्कट हजारौं ट्रली चोरी गरिरहेको छ । स्थानीयबासीहरुले आफ्नो घरायसी कार्यमा प्रयोग गर्नका लागि नारायणी नदीबाट नदिजन्य पदार्थ निकासी गर्दा प्रहरीले छोपेर पालिकामा गाडी बुझाउने तर यतिखेर दिन रात गरि त्यही नारायणी नदीबाट अवैध रूपमा गिट्टी बालुवा, ढुङ्गा र मिस्कट निकासी भइरहदा प्रहरी प्रशासन मौन रहनु भनेको नदि दोहनकर्ताहरुले जिल्लाका निकाय सम्म सेटिङ्ग गरेर नदिजन्य उत्खनन गरेको स्थानीयबासीहरुको आरोप छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Amlesh Kumar Rai
Amlesh Kumar Rai
2023-06-13 9:48 pm

prahari dekhi…. Gaupalika pramukh ko Milomato ma Chori vhairacha…. Sab commission khor vhaisakeka chan

रिलेटेड न्युज

छुटाउनुभयो कि ?