नक्कली पेस्तोल देखाई मोबाइल लुटपाटमा संलग्न दुई जना पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नक्कली पेस्तोल देखाई लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका-६ घर भई काठमाडौं हाँडीगाउँ बस्ने ४१ वर्षीय बाल सुन्दर सापकोटा र सोही ठाउँ बस्ने ४० वर्षीय अर्जुन कार्की रहेका छन् ।

उनीहरुलाई २ थान नक्कली पेस्तोल र सोको ५ थान गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका-३१ कात्यायनी मन्दिर नजिक कपिल श्रेष्ठको केएस मोबाईल पसलमा सापकोटासहित २ जनाले नक्कली पेस्तोल देखाई तीन थान मोबाईल लुटपाट गरेको प्रहरीले जनाएको छ ।

उक्त घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई सोही मन्दिर नजिकबाट लुटपाट गरेको ३ थान मोबाइल, घटनामा प्रयोग भएको उक्त पेस्तोल र गोलीसहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई डाँका कसूरमा आवश्यक कानूनी कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?