सावित्राको गोलमा रानाको बराबरी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । इजरायली शीर्ष डिभिजन लिगाट नसिमको नयाँ सिजनको दोस्रो खेलमा सावित्रा ‘साम्बा’ भण्डारीको टोली हापोएल रानानाले १-१ गोलको बराबरी खेलेको छ । रानानाले हापोएल पेटा टिक्भा एफसीसँग बराबरी खेलेको हो । रानानाका लागि साम्बाले खेलको ६०औं मिनेटमा गोल गर्दै अग्रता दिलाउनुभएको थियो । उहाँको यो लिग सिजनको व्यक्तिगत पाँचौं गोल हो । निकै प्रतिस्पर्धात्मक खेलमा रानाना अधिकांश समय दबाबमा रहृयो ।

साम्बाको गोलमा अग्रता लिएपनि पेटाले लि फाल्कनको गोलमा पाँच मिनेटपछि खेल बराबर गर्‍यो । ८१औं मिनेटमा पेटाले अग्रता लिने अवसर पनि पायो । तर रानानाकी अमेरिकी गोलरक्षक काम्री सेसिलले पेनाल्टी बचाउँदै खेल बराबरीमा राख्नुभयो ।

दुई खेलमा पाँच गोल गर्ने क्रममा उहाँले पहिलो खेलमा मात्रै चार गोल गर्नुभएको थियो । त्यो खेलमा रानानाले रमाट हशारोनमाथि ४-० को जित निकालेको थियो । रानानाको २ खेलमा ४ अंक छ । पेटमा ३ खेलमा ७ अंकका साथ शीर्षस्थानमा छ ।

लिग खेलेसँगै साम्बा युरोपेली लिग खेल्ने पहिलो नेपाली फुटबल खेलाडीसमेत बन्नुभएको थियो । करिब एक महिनाअगाडि इजरायल पुगेकी साम्बाले यस अघि रानानाका लागि अथिना कपमा खेलहरू खेलिसक्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?