‘नाइँ नभन्नू ल ६’ वैशाख १ मा

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘नाइँ नभन्नू ल ६’ आगामी वैशाख १ गतेदेखि सिनेमाघरमा आउने भएको छ । चलचित्रको निर्माण टिमले फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

विकासराज आचार्य निर्देशित यो चलचित्रमा आँचल शर्मा, आशीर्वाद क्षेत्री, प्रियंका कार्की, केकी अधिकारीलगायत अभिनय छ । फस्टलुकमा भने आँचल र आशीर्वादलाई मात्र समावेश गरिएको छ । ‘नाइँ नभन्नू ल’का अघिल्ला पाँच शृंखलाले दर्शकको मन जित्दै राम्रो कमाइ गरेका थिए ।

निर्देशक विकासराजसँगै विष्णुमणि दाहाल निर्माता रहेको यो चलचित्रको कार्यकारी निर्मातामा सञ्जय न्यौपाने, रमेश चौधरी र पुरुषोत्तम प्रधान हुनुहुन्छ ।

योसँगै वैशाख १ गते पाँचवटा चलचित्रबीच प्रतिस्पर्धा हुने देखिएको छ । सो मितिका लागि दयाहाङ राईको अभिनय रहेका दुई चलचित्र ‘जारी’ र ‘बिहे पास’, सुरक्षा पन्त अभिनित ‘बुलाकी’ तथा सुदर्शन थापा निर्देशित एवं विपिन कार्की र केकी अधिकारी अभिनित चलचित्र ‘प्रसाद २’ले पनि प्रदर्शन घोषणा गरिसकेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?