नारायणगढ–मुग्लिन सडक पहिरोले अवरुद्ध

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । आज दिउँसो इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खस्दा सडक बन्द भएको हो ।

पहिरो खसेपछि सडकमा गाडी लाम लागेको छ । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आज बिहान पनि त्यही ठाउँमा पहिरो खस्दा सडक खण्ड एक घण्टा बन्द भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?