चट्याङ लागेर दाङमा दुई जनाको मृत्यु

विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । चट्याङ लागेर दाङमा दुई जनाको मृत्यु भएको छ।

दंगीशरण गाउँपालिका वडा नं. ३ का ३७ बर्षीय रामनारायण चौधरी र वडा नं. ६ का ३२ बर्षीय शमिर केसीको चट्याङबाट मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार चौधरीको शनिबार साँझ ६ बजेर ४० मिनेट जाँदा र केसीको पौने ६ बजेतिर उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो।

चौधरीलाई खेतबारीबाट तरकारी टिपेर फर्किँदै गर्दा र केसीलाई खेतमा काम गरि रहेको समयमा शनिबार चट्याङ लागेको थियो।अहिले चौधरी र केसी दुबैको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका राखिएको छ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?