गुल्मी । गुल्मीको एक क्याम्पसमा निःशुल्क कम्प्युटर शिक्षा सञ्चालन हुने भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका-५ वस्तुमा अवस्थित धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा निःशुल्क कम्युटर शिक्षा संचालन हुने भएको हो ।
क्याम्पसको संचालक समिति बैठकले क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुलाई निःशुल्क कम्युटर शिक्षा प्रदान गर्ने निणर्य गरेको हो । हाल क्याम्पसमा कुल नौ वटा कम्युटर रहेका छन् । आगामी पौष ७ गतेबाट बिहान ९:३० बजेदेखि ११:३० बजेसम्म निःशुल्क कम्युटर शिक्षा संचालन हुने क्याम्पसका उप-प्रध्यापक नरेश भण्डारीले जानकारी दिनुभयो ।
क्याम्पसको आन्तरिक स्रोतबाट कम्युटर शिक्षाको शुल्कलाई व्यवस्थापन गरिने उहाँले बताउनुभयो । परमानन्द भण्डारी बहुमुखी क्याम्पस क्याम्पसले कम्युटर मात्रै होइन, अध्ययन शुल्क पनि कम गराएको छ ।
जिल्लाका अधिकाशं क्याम्पसहरुमा मासिक शुल्क नै एक हजारसम्म छ । तर यस परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा विद्यार्थीले एक पटक दुई हजार पाँच सय तिरेपछि चारबर्षे स्नातक अध्ययन गर्न पाउने क्याम्पस प्रमुख ऋषिराम भण्डारीले बताउनुभयो ।
अहिले क्याम्पसमा कुल तीन सय विद्यार्थी रहेका छन् । गुल्मी, अर्घाखाँची, पाल्पा, बुटबल लगायतका विद्यार्थी यस क्याम्पसमा भर्ना भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच