ट्रिपरले ठक्कर दिँदा स्कुटी चालकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

हेटौंडा । हेटौंडामा ट्रिपरले ठक्कर दिदाँ एक स्कुटर चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौंडा उपमहानगरपालिका–२ चौकीटोलमा शनिबार राति भएको सो दुर्घटनामा परेर एक जनाको मृत्यु भएको हो ।

समाचार अनुसार बाग्मती प्रदेश०३–००१ ख ८५१ नम्बरको टिपरले भैसेबाट हेटौंडा आउँदै गरेको बाग्मती प्रदेश ०३–००२प ६४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । सो ठक्करमा परी घाइते भएका २५ बर्षीय अमित कपाडीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार टिपरको ठक्करबाट घाइते भए लगत्तै उहाँलाई हेटौंडा अस्पतालमा उपचारका लागि ल्याइएको थियो, सोही उपचारको क्रममा उहाँको मृत्यु भएको हो ।

ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । सो घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?