हेटौंडा । प्रहरीले ५५ हजार नक्कली नोटसहित ५ जना पक्राउ गरेको छ। मकवानपुरको विभिन्न स्थानबाट ५५ हजार नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका ९ बस्ने १८ वर्षीय सीताराम थिङ,हेटौंडा - १४ घर भई वडा नं ४ मा डेरा गरी बस्ने ३७ वर्षीय सुनिल ढुङगाना, हेटौंडा -४ बस्ने १८ वर्षीय रोजल डुङगाना,मकवानपुरगढी गाउँपालिका ४ बस्ने २० वर्षीय सोमराज थोकर र सोही स्थान बस्ने २८ वर्षीय रामेश्वर अर्याल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीको अनुसार २६ गते २ बजेको समयमा प्रहरी चौकी नामटारबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाश ९ बस्ने १८ वर्षीय सिताराम थिङको साथबाट नेपाली रु।१००० दरको १२०० (बाह्र हजार)नक्कली नोट फेला पारेको थियो।
थिङलाई प्रारम्भिक अनुसन्धानको क्रममा सोधपुछ गर्दा उक्त नक्कली नोट जिल्ला मकवानपुर हेटौंडा - १४ घर भई हेटौंडा - ४ मा डेरा गरी बस्ने ३७ वर्षीय सुनिल ढुङगानाले दिएको भनि बताएकोमा २७ गते सुनिल ढुङगानाको डेरामा खानतलासी गर्ने क्रममा उनकको साथबाट रु १००० दरको नक्कली नेपाली नोट ४२ थान र निजको छोरा वर्ष १८ को रोजल ढुङगानाको साथबाट रु।१००० दरको नक्कली नेपाली नोट १ थान गरी ४३ हजार नक्कली नेपाली नोट फेला परेको थियो।
थप अनुसन्धान गर्दा सो कार्यमा मकवानपुरगढी गाउँपालिका ४ बस्ने २० वर्षीय सोमराज थोकर र सोही स्थान बस्ने २८ वर्षीय रामेश्वर अर्याल समेत संलग्न रहेको भनि बताए पश्चात उक्त नक्कली नेपाली नोट सहित निजहरु सुनिल ढुङगाना, रोजल ढुङगाना, सोमराज थोकर र रामेश्वर अर्याललाई नियन्त्रणमा लिइएको जानकारी दिइएको छ।
उक्त घटनामा संलग्न पांचै जनालाई मुद्रा सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालत हेटौडाबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच