बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिए

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । यु-२० राष्ट्रिय महिला फुटबल टिमको बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रारम्भिक चरणमा रहेका ४१ खेलाडीबाट ११ जना बाहिरिएको जनाएको हो । एन्फाले बन्द प्रशिक्षणमा अब ३० खेलाडी रहेको जनाएको छ । बंगलादेशको ढाकामा आयोजना हुने साफ यु-२० महिला च्याम्पियनसिपका लागि नेपाली टोलीले तयारी गरिरहेका छन् ।

मुख्य प्रशिक्षक यम गुरुङले प्रारम्भिक चरणमा ४१ खेलाडी छनोट गर्नुभएको थियो । बाँकी रहेका खेलाडीमा गोलकिपर कविता विक, सावित्री किशन, लिला जोशी, पुजा थापा र सुजाता तामाङ, डिफेन्डर सविना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी र गंगा रोकाया, मिडफिल्डर कुमारी तामाङ, तुलसा बोहरा, सुष्मा जिटी, कुसुम खतिवडा, जेनिफर राना, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जलि माछामासी, सरस्वती हमाल, हिमा रावत र दीपा शाही तथा फरवाडमा गरिमा राई, अमिषा कार्की, ममता पुन, अञ्जलि चन्द र सदीपा भोलान रहनुभएको छ ।

महिला यु-२० साफ च्याम्पियनसिप २०२३ को फेब्रुवरी ३ देखि ९ सम्म आयोजना हुनेछ । प्रतियोगितामा नेपाल, आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक बंगलादेशसँग खेल्नेछ । खेल फेब्रुवरी ३ मा हुनेछ । यस्तै नेपालले फेब्रुवरी ५ मा भुटान र फेब्रुवरी ७ मा भारतसँग खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?