अमेरिकी संसद् भवनमा पहिलो पटक हिन्दु वैदिक मन्त्र बाचन

Read Time = 2 mins

वासिंट । अमेरिकी संसद् भवनमा पहिलो पटक हिन्दु वैदिक मन्त्र वाचन गरिएको छ । अमेरिकाको क्यापिटल हिलमा भएको
पहिलो हिन्दु-अमेरिकी सम्मेलनमा हिन्दु वैदिक मन्त्र वाचन गरिएको हो । सम्मेलन जुन १४ मा भएको थियो, जसको उद्देश्य अमेरिकामा बसोवास गर्ने हिन्दु समुदायका समस्याप्रति अमेरिकी कानुन निर्माताहरूको ध्यानाकर्षण गराउने थियो । यो सम्मेलनलाई हिन्दुहरूका लागि अमेरिकी नाम दिइएको थियो ।

प्राप्त जानकारी अनुसार वैदिक जप र प्रार्थनाको साथ अधिवेशन सुरु भएको थियो । हिन्दु सम्मेलनका संस्थापक अध्यक्ष रोमेश जापराले भन्नुभयो, ‘हिन्दु मूल्य मान्यता हाम्रो अमेरिकी संविधानसँग पूर्णरूपमा जोडिएको छ भगवद् गीतासँग प्रतिध्वनित भएको छ, त्यसैले हामी हिन्दू अमेरिकीहरूलाई आवाज दिन समर्पित छौं ।’

जापराले यो सम्मेलन पहिलो पटक भएको बताउनुभयो । राजनीतिक सहभागिताका लागि हिन्दू अमेरिकी सम्मेलन आयोजना भएको उहाँको भनाइ छ । ‘हाम्रो समुदाय सांस्कृतिक, सामाजिक, आर्थिक, धार्मिक र अन्य सबै क्षेत्रमा सक्रिय छ तर राजनीतिमा हामी धेरै पछाडि छौं,’ उहाँले भन्नुभयो ।

हिन्दुहरूको लागि अमेरिकन सम्मेलन २० अन्य डायस्पोराहरूसँगै अमेरिकन फर हिन्दु राजनीतिक कार्य समितिले आयोजना गरेको हो । यस सम्मेलनमा फ्लोरिडा, न्यूयोर्क, बोष्टन, टेक्सास, शिकागो, क्यालिफोर्निया आदि शहरहरूका लगभग १३० भारतीय अमेरिकी नेताहरू सहभागी थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?