नवलपुरमा मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट

Read Time = 6 mins

काठमाडौं । सिजी हस्पिटालिटीले नवलपुरको देवचुलीमा मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट सञ्चालनमा ल्याएको छ । शाश्वतधाम र सिजी इण्डस्ट्रियल पार्कसँगै खुलेको रिसोर्ट गल्फप्रेमीका लागि झनै आकर्षक गन्तव्य बन्ने कम्पनीले अपेक्षा गरेको छ । अध्यात्म, शान्ति र आनन्ददायी वातावरणका लागि रिसोर्ट नेपालको उत्कृष्ट साबित हुने सिजी हस्पिटालिटीको विश्वास छ । सिजी इण्डस्ट्रियल पार्कभित्र सुन्दर गल्फ मैदानसँगै सञ्चालनमा आएको मिरायाका अतिथिहरूले गल्फको विशेष मजा लिन पाउनेछन् । साथै शाश्वतधामका दर्शनार्थीका लागि समेत रिसोर्ट उत्तिकै सुविधाजनक साबित हुने बताइएको छ ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक एवं सिजी हस्पिटालिटी होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत राहुल चौधरीले भन्नुभयो, ‘वेलनेस, आध्यात्मिक चेतना र वातावरणीय दिगोपनका लागि सिजी हस्पिटालिटीको एउटा उल्लेखनीय प्रमाणका रूपमा मिराया वेलनेस एण्ड गल्फ रिसोर्टलाई प्रस्तुत गर्न पाउँदा म हर्षित छु । मिराया रिसोर्ट सिजी हस्पिटालिटीको मुख्य सिद्धान्तलाई मूर्तरूप दिने गरी तयार गरिएको छ । यहाँ हाम्रा पाहुनाले फरक अनुभूति गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।’

रिसोर्टलाई नेपालको वेलनेस, आध्यात्मिक शान्तिसहित साहसिक कार्यका लागि नेपालको विशेष रिसोर्टका रूपमा लिइएको छ । मनमोहक देवचुली पर्वतको फेदमा रहेको रमणीय गन्तव्य, स्वतन्त्ररूपमा भ्रमणमा उत्साही यात्रुका लागि पनि उत्कृष्ट गन्तव्य बन्ने कम्पनीको विश्वास छ ।

मिरायामा अतिथिले आफ्नो मनोरञ्जनका आवश्यकता पूरा गर्ने, विभिन्न गतिविधि र अन्य सुविधा प्राप्त गर्न सक्नेछन् । रिसोर्टमा स्विमिङ पुल, बास्केटबल र ब्याडमिन्टन कोर्ट रहेका छन् । साथै वाइन टेस्टिङ वर्कशप, क्युरेटेड स्पा, हाइड्रोथेरापी, वेलनेस थेरापी र नेचर ट्रेललगायतका सुविधासमेत छन् ।

कम्पनीका अनुसार मिराया गल्फ एण्ड वेलनेस रिसोर्ट नेपालको ‘बेस्ट केप्ट सेक्रेट’का रूपमा प्रख्यात छ । रमणीय जंगल र प्रकृतिले घेरिएको रिसोर्टले आफ्नो बलियो पर्यावरणमैत्री दृष्टिमा गर्व गर्नेछ । रिसोर्टले विभिन्न प्रकारका डाइनिङ विकल्प प्रस्तुत गरेको छ । वेलनेस वेगन एलाइभ रेस्टुरेन्ट, नेपाली इण्डियन भेजिटेरियन कजाइन रेस्टुरेन्ट र स्पोट्र्स बार एण्ड ग्रिल, १९औँ होललगायतका विकल्प उपलब्ध छन् । काठमाडौंदेखि पश्चिम चितवन नजिक रहेको मिरायाबाट देवचुली पर्वतको अविरल दृश्यपान गर्न सकिन्छ । जुन भगवान् बुद्धको जन्मस्थल लुम्बिनी र चितवन राष्ट्रिय निकुञ्जजस्ता उल्लेखनीय गन्तव्य नजिकको दूरीमा रहेको छ ।

मिरायामा भरतपुर विमानस्थलबाट ३० मिनेट, काठमाडौंबाट पाँच घण्टा र भैरहवा विमानस्थलबाट तीन घण्टाको ड्राइभमा पुग्न सकिन्छ भने निजी हेलिकप्टरबाट २० देखि २५ मिनेटमा काठमाडौंबाटै अवतरण गर्न सकिन्छ । रिसोर्ट विवाह, कर्पोरेट मिटिङ एवं अन्य गतिविधि र निजी योग रिट्रिटसहित विभिन्न कार्यक्रम होस्ट गर्न पनि सुसज्जित बनेको छ ।

सिजी हस्पिटालिटी बहुराष्ट्रिय कम्पनी सिजीकर्प ग्लोबलको मातहतमा तीव्रगतिमा विस्तार भइरहेको आतिथ्य सत्कार कम्पनी हो । हस्पिटालिटी उद्योगमा दुर्ई दशक लामो इतिहास रहेको सिजी हस्पिटालिटीको छाताभित्र ताज सफारी, भिभान्ता, जेटविङ, इक्होे, फेयरमन्ट, ¥याडिसन, द फर्न, समिट र द फार्मजस्ता प्रमुख आतिथ्य ब्राण्ड रहेका छन् । हाल नेपाल, भारत, श्रीलंका, युनाइटेड अरब इमिरेट्स, भुटान, सिसेलिस, थाइल्याण्ड, चीन, फिलिपिन्स, अमेरिका, माल्दिभ्स केन्यालगायत विभिन्न १२ देशमा सिजी हस्पिटालिटीअन्तर्गत सञ्चालित एक सय ५९ होटल रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?