कोशी प्रदेशमा भारी बर्षाको संभावना, अन्य पनि हल्का बर्षा हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज बागमती प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी र गण्डकी प्रदेशका केही स्थानमा पनि वर्षा हुन सक्छ ।

अन्य प्रदेशमा भने पहाडी भूभागतिर चट्याङसहित पानी पर्ने पूर्वानुमान छ ।

राति पनि कोशी, बागमती र गण्डकीका केही स्थान तथा मधेससहित बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी प्रदेशका एक दुई स्थानमा भने भारी वर्षा हुने सूचनामा उल्लेख छ ।

यसैबीच, ताप्लेजुङको काबेली खोला आसपासको क्षेत्रमा अहिले भारी वर्षा भइरहेको छ।

बिहान साढे ३ बजे ‘अलर्ट’ जारी गर्दै जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले त्यसबारे जानकारी दिएको हो।

महाशाखाका अनुसार ताप्लेजुङका काबेली र तावा खोलाका जलाधार क्षेत्रमा भारी वर्षा रेकर्ड भएको छ। पछिल्लो तीन घण्टामा त्यस क्षेत्रमा अत्यधिक वर्षा भएको छ।

काबेली र तावा खोला आसपासका बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। दुवै खोला सप्तकोशीको सहायक तमोर नदीमा आएर मिसिन्छन्। तसर्थ, तमोरमा पनि जल सतह बढ्ने आकलन छ। काबेली खोला ताप्लेजुङ र पाँचथरको सीमा भएर बग्छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?