हँसिया प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

स्याङजा । अर्जुनचौपारी गाउँपालिका-६ सिंउडिबारी बस्ने ९ वर्षीय हर्षित देवकोटालाई हँसिया प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय सुजन चुवाई (सुवेदी)लाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सुजनले हँसिया प्रहार गरी हर्षितको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले घटना पश्चात फरार रहेका सुजनलाई पुतलीबजार नगरपालिका-१ बाट फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?