स्पेस एण्ड डिजाइन एक्स्पो

Read Time = 2 mins

काठमाडौं । काठमाडौंको सिटी सेन्टरमा ‘स्पेस एण्ड डिजाइन’ एक्स्पो आयोजना गरिएको छ । आइआइएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइनको आयोजनामा पहिलोपटक स्पेस एण्ड डिजाइन एक्स्पो गरिएको हो ।

एक्स्पो उद्घाटन मिस नेपाल वल्र्ड २०२३ श्रृच्छा प्रधान, मिस नेपाल अर्थ २०२३ रैना मजगैयाँ र मिस नेपाल इन्टरनेसनल २०२३ प्रसिद्धि शाहले संयुक्तरूपमा गरेका थिए ।

आइआइएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइनमा अध्ययन गरेका विद्यार्थीले आफ्नो दक्षता प्रदर्शनका साथै नेपालमा इन्टेरियर डिजाइनको महत्वलाई उजागर गर्न एक्स्पोको आयोजना गरिएको आइआइएफटीकी कार्यकारी निर्देशक विपना थापाले बताउनुभयो । दुर्ई दिनसम्म चलेको एक्स्पोमा आइआइएफटीमा अध्ययन गर्ने ५१ जना विद्यार्थीले आ-आफ्ना डिजाइनमा क्याफेका मोडल तयार पारेर प्रदर्शनीमा राखेका थिए । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र पब्लिक च्वाइस विधामा उत्कृष्टले नगदसहित प्रमाणपत्र पाएका छन् ।

विगत सात वर्षदेखि सञ्चालनमा आएको ‘आइआइएफटी’ स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइन काठमाडौंको बागबजार र कमलादीस्थित हेरिटेज प्लाजामा र ललितपुरको मानभवनमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?