यस्तो छ तपाईंको असार ३ गते आइतबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० असार ३ गते आइतबार, ई.सं. १८ जुन, २०२३ । तिथि- आषाढ कृष्णपक्ष औंशी, नक्षत्र- मृगशिरा, योग- गण्ड, करण- नाग, चन्द्रराशि- मिथुन, सूर्योदयः ५ः१०, सूर्यास्तः १९ः०० ।

मेष : पढाइलेखाइको सिलसिलामा स्थान परिवर्तन हुनेछ ।

वृष : शारीरिक आलस्यताले कार्यक्षेत्रमा व्यवधान आउनेछ ।

मिथुन : दुर्घटनाका साथै चोटपटकको समेत भय रहेको छ ।

कर्कट : वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ ।

सिंह : लक्ष्मी प्रशन्न रहनाले धनलाभ मिल्नेछ ।

कन्या : प्रेमीप्रेमिकामा केही किचलो निम्तनेछ ।

तुला : अनावश्यक कार्यमा धन खर्च हुनेछ ।

वृश्चिक : कठिन परिस्थितिको डटेर सामना गरिनेछ ।

धनु : राजनीतिक क्षेत्रको चुनौती थपिनेछ ।

मकर : अपरिचित व्यक्तिसँग सहकार्यको अवसर मिल्नेछ ।

कुम्भ : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्ने छ ।

मीन : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?