प्रदेश सरकारले ठेक्का भएको सडकको स्रोत सहमति खारेज गरेपछि चौतर्फी बिरोध

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । अघिल्लो सरकारले स्रोत सुनिश्चित गरी बहुबर्षिय तथा बर्षिय सडकका लागि छुट्याएको बजेट प्रदेश सरकारले खारेज गरेपछि भोजपुर जिल्लामा क्रियाशिल राजनीतिक दलसहित सवै पक्षले त्यसको बिरोध गर्ने निर्णय गरेका छन् ।

भोजपुरको षडानन्द नगरपालिका खण्डको दिङ्ला-तिनतले भोजपुर नगरपालिका क्षेत्रको भोजपुर-तिनतले सडक कालोपत्रे योजनाको स्रोत सहमति खारेज गर्ने कोशी प्रदेश सरकारको निर्णयले बिकास निर्माण कार्य प्रभावित बनाएको निस्कर्षसहित भोजपुरमा बसेको सर्वदलिय सर्वपक्षिय बैठकले प्रदेश सरकारको ध्यानकर्षण गराउने निर्णय गरेको भोजपुर उद्योग बाणिज्य संघका अध्यक्ष कर्णबहादुर मोक्तानले बताउनुभयो ।

तत्कालिन मुख्यमन्त्री राजेन्द्र कुमार राईले भोजपुर-तिनतले सडक खण्ड कालोपत्रेका लागि ९९ करोड ७५ लाख र दिङला-तिनतले सडक खण्डका लागि ९१ करोडको स्रोत सुनिश्चित गरी बहुबर्षिय योजना अन्तर्गन बजेट बिनियोजन गर्नु भएको थियो । यस्तै एकल बर्षिय योजना अन्तर्गत हिलेभञ्ज्याङ बोया सडक र बन्चरे सडकका लागि पाँच/पाँच करोड बजेट ब्यवस्थापन भएको थियो ।

सडकको बजेट टुंगो लागेर टेण्डर समेत भई सकेका योजनाहरुको बजेट काटेर मुख्यमन्त्री हिक्मत कार्कीको सरकारले जिल्लावासीको बिकासको चाहनामा तुसरापात गरेकाले सर्वदलिय सर्वपक्षिय बैठकले त्यस बिषयमा छलफल गर्दे भोजपुरबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद, स्थानीय पालिका प्रमुखसहित कानुनी प्रक्रियासहित प्रदेश सरकारको ध्याकर्षण गराउने निर्णय गरेको बैठकमा सहभागि नेपाल तरुण दलका अध्यक्ष ज्योती पौडेलले बताउनुभयो ।

अघिल्लो सरकारले झन्डै दुई अर्व बजेटको स्रोत सुनिश्चित गरी दिङलाबाट भोजपुर जोडने सडकका लागि जिल्ला पुर्वधार बिकास कार्यालय भोजपुर मार्फत ठेक्का आह्वान गरेको थियो । ठेक्का लागि सकेको अवस्थामा प्रदेश सरकारले सो कार्य स्थगितगर्न २०८० बैशाख १८ गतेअर्काे निर्णय नभएसम्मको लागि भन्दै स्थगित गर्ने पत्राचार गरेको थियो । तर २०८० जेठ ३१ को आर्थिक मन्त्री तथा योजना मन्त्री स्तरीय निर्णयले उक्त योजनाहरुको स्रोत सहमति खारेज गर्ने निर्णय भएपछि अहिले त्यसको बिरोध भई रहेको छ ।

सडक बन्न नसक्दा भोजपुरबाट जिल्लाको उत्तरी क्षेत्र जाने र आउने यात्रुहरु बर्षातको समयमा संखुवासभाको तुम्लिङटार घुमेर आउजाउ गर्न बाध्य बन्दै आएका छन । आफ्नो कार्यकालमा जिल्लाको बिकासका लागि निर्के हतार र दुख गरेर सडक निर्माणको प्रक्रिया अगाडी बढाएकोमा अहिलेको सरकारले उक्त योजना रोक्ने निर्णय गर्दा यसको विरुद्ध सबै लाग्नु पर्ने पूर्वमन्त्री राजेन्द्र कुमार राईले बताउँदै आउनु भएको छ ।

सडक निर्माण हुन नसक्दा जिल्लाको उत्तरमा रहेको षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकावासीहरुलाई सदरमुकाम आउन र जान असहज हुदै आई रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?