दुर्घटना अपडेटः सुदूरपश्चिमका कानूनमन्त्रीकी श्रीमती र भाउजूको मृत्यु

हिमालय टाइम्स
Read Time = 2 mins

बझाङ । दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती अमृता सिंह र भाउजू जयादेवीको मृत्यु भएको छ ।

मन्त्री सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटना भई सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको प्रहरीले बताएको छ ।

दुर्घटनामा मन्त्री सिंह सहित उहाँकी श्रीमती अमृता देवि सिँह, गाडी चालक धर्मराज जोशी सोही गाडीमा सवार जानकी सिँह्य र दीपक भण्डारी थिए ।

मन्त्री सिंहको केदारस्युँ गाउँपालिका १ देउरा स्थित ऋृतु पोलिक्लिनिकमा र बाँकी ४ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार सम्भव नभएपछि उपचारको लागि सुर्खेतबाट एन ए ०६१ नम्बरको हिलिकप्टरबाट थप उपचारका लागि लगिएको छ ।

डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र. ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको थियो । मन्त्रीसहित पाँच जना सवार रहेकोमा चारजना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये श्रीमती र भाउजूको मृत्यु भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?