ओएस नेपाल म्युजिक अवार्ड २०८० का उत्कृष्ट पाँचलाई प्रमाणपत्र

Read Time = 2 mins

काठमाडौं । चौथो ओएस नेपाल म्युजिक अवार्ड २०८० का उत्कृष्ट पाँचमा पर्न सफल कलाकर्मीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ । ‘नेपाली गीत, संगीत हाम्रो उच्च सम्मान’ भन्ने मूल नारासहित नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा आयोजीत एक कार्यक्रमकाबीच प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी तथा काठमाडौँ प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले २७५ जना उत्कृष्ट पाँचमा पर्न सफल कलाकर्मीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको हो ।

विबेक कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बरिष्ठ गायक तथा हाल जिल्ला समन्वय समिति ललितपुरमा जिल्ला समन्वय अधिकारीको रुपमा कार्यरत दिनेश थानी, साहित्यकार सुरेन्द्र मर्हजन अमर, उपन्यासकार संघका अध्यक्ष शंकर भारती, आइटी इञ्जिनियर बिबेक श्रेष्ठ, चलचित्रका निर्देशक अमृतमान मर्हजन, लगायतको उपस्थिती थियो ।

कार्यक्रमका लागि सहयोगीका रुपमा सुनिलस्मृति गाउँपालिका, कञ्चन गाउँपालिका, गल्याङ नगरपालिका, लुङग्री गाउँपालिका, ओमसतिया गाउँपालिका, सरावल गाउँपालिका, तिलोत्तमा नगरपालिका, पोखरा महानगरपालिका, माण्डवी गाउँपालिका रहेको जनाइएको छ । आयोजक विवेक कार्कीले नेपाली संगीत उद्योगको पक्षमा आफू सधैं उभिने भन्दै कलाकारको आयस्रोत बढाउन सहयोग गर्ने र नेपाली कलाकारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रतिबद्धता व्यक्त गर्दै विविधता र संस्कृतिको मूल्य मान्यता बोकेको नेपाली संगीतको संरक्षण र सम्बर्द्धनमा सदैव प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?