‘गुलाबी’ अब ‘गुन्युचोलो’

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘गुलाबी’को नाम परिवर्तन गरिएको छ । निर्माण युनिटले चलचित्रको नाम ‘गुलाबी’बाट परिवर्तन गरेर ‘गुन्युचोलो’ राखेको जानकरी दिएका छन् । समुन्द्र भट्टले निर्देशन गरेको चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शनको अधिकार अमेरिकी कम्पनी ‘भिजिअल इन्टरटेन्मेन्ट’ले खरिद गरेको छ । चलचित्रको अधिकार अमेरिकी कम्पनीले लिएसँगै नाम परिवर्तन गरेर ‘गुन्युचोलोः कमिङ अफ एज अफ अ गर्ल’ राखिएको बताइएको छ ।

ट्रान्सजेन्डरको कथामा बनेको चलचित्रको मुख्य भूमिकामा अभिनेता नाजिर हुसेन हुनुहुन्छ । नाजिरसँगै चलचित्रमा संचिता लुइँटेल, सुशील सिटौला, विशाल पहारीको मुख्य भूमिका छ । यो चलचित्र विश्व बजारमा एकसाथ रिलिज गर्ने तयारी भएको छ । चलचित्रको कथा निर्देशक भट्टकै हो, भने पटकथा तथा संवाद लेखन रामकुमार श्रेष्ठ र नाजिर हुसैनले मिलेर गर्नुभएको हो ।

‘गुलाबी’ मा आलोक शुक्लाको छायांकन, सम्राट बस्नेतको द्वन्द्व निर्देशक र लेखु सहयात्री र शान भुसालको संगीत छ ।
द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको प्रदर्शन मिति भने अझै तोकिएको छैन । निर्देशक भट्टले यसअघि ‘रिङ रोड’, ‘आधा पेज’जस्ता चलचित्रहरू निर्देशन गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?