गोरखा जिप दुर्घटना : खुल्यो मृतक पाँच जनाको पहिचान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्युभएका पाँच जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा शहीद लखन गाउँपालिका-५ पोखरे डाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षीया नविना थापा र सोही गाउँपालिका-४ का ६४ वर्षीय धनबहादुर थापा रहनुभएको छ ।

बिहीबार राति दुलहा दुलहीसहित शहीदलखन-३ कोटगाउँबाट १९ जना जन्ती बोकेर जिप शहिदलखन-५ पोखरीडाँडा जाँदै गरेको थियो । बेहुलाबेहुलीसहित अर्को दुईवटा गाडी अगाडि गएको र तेस्रो गाडी दुर्घटनामा परेको गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

दुर्घटनमा १२ जना घाइते भएका छन् । गम्भीर घाइते भएका चार जनालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएको र अन्य आठ जनाको तनहुँको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीपमा सवार दुई जना भने सकुशल रहेका छन् ।

घाइतेहरूको तनहुँको खैरेनीमा उपचार भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?