एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड : बर्ष खेलाडीको मनोनयन सार्वजनिक

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 6 mins

कैलाली । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ को बर्ष खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको छ । असार १५ गते धनगढीको ओम प्यालेसमा हुने अवार्डको बर्ष खेलाडीतर्फको पुरुष र महिला विधा सार्वजनिक गरिएको हो । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै संजीवनी अस्पताल बर्ष खेलाडी पुरुष र हिमालयन गौरीशंकर डेन्टल क्लिनिक बर्ष खेलाडी महिला विधाको मनोनयन सार्वजनिक गरिएको हो ।

संजीवनी अस्पताल बर्षको उत्कृष्ट खेलाडी पुरुष तर्फ एथलेटिक्सका शिवराज पार्की, क्रिकेटका दिपेन्द्र सिंह ऐरी र कबड्डीका प्रकाश गिरी मनोनयनमा परेका छन् । पार्कीले ९ औं राष्ट्रिय खेलकुदमा एक सय मिटरमा २३ बर्ष पुरानो किर्तिमान भंग गर्दै तीन स्वर्ण र एक रजत पदक जितेका थिए । ९ औं राष्ट्रिय खेलकुदको एथलेटिक्स तर्फका उत्कृष्ट खेलाडी बनेका उनले एक सय मिटर दुई सय मिटर र चार गुणा रिलेमा स्वर्ण पदक जितेका थिए । दिपेन्द्रले नेपाली क्रिकेट टोलीलाई विश्वकप क्वालिफारमा पुराउन उत्कृष्ट प्रदर्शन गरेका थिए । बर्ष २०७९ मा टी २० अन्तराष्ट्रिय क्रिकेटमा एक हजार रन बनाउने पहिलो नेपाली खेलाडी बनेका उनले एक दिवसीयमा करिअरको पहिलो शतक प्रहार गर्दा एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने तेस्रो नेपाली खेलाडी बनेका थिए । गिरीले जुनियर कबड्डी च्याम्पीयनसीपमा नेपालले ऐतिहासिक कास्य पदक जित्दा उत्कृष्ट प्रदर्शन गरेका थिए । सुदुरपश्चिमका तीन जना खेलाडीमध्ये नेपाललाई सेमिफाईनलसम्म पुराउन उनले सानदार प्रदर्शन गरेका थिए ।

हिमालयन गौरीशंकर डेन्टल क्लिनिक बर्ष खेलाडी महिला विधामा क्रिकेटकी विन्दु रावल, एथलेटिक्सकी राजपुरा पछाई र फुटबलकी बर्षा ओली मनोनयनमा परेकी छिन् । रावलको कप्तानीले सुदुरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो । नेपालमा भएको क्रसकन्टी म्याराथुनमा राजपुराले रजत पदक जितेकी थिईन् । बर्षाले नेपाललाई पहिलो पटक साफ यु १५ महिला च्याम्पीयनसीपको विजेता बनाउन उत्कृष्ट प्रदर्शन गरेकी थिईन् ।

यसअघि चार विधाको मनोनय सार्वजनिक गरिसकिएको छ । बर्ष प्रशिक्षकमा क्रिकेटका जगत टमाटा, कुस्तीका राजेन्द्र चन्द र भारात्तोलनका जीवन गौतम मनोनयनमा परेका छन् । बर्ष युवा खेलाडीमा भारात्तोलनका हेमन्त पाल, क्रिकेटकी अनु कडायत र क्रिकेटकै हेमन्त धामी मनोनयनमा परेका छन् । सुदुरपश्चिम आईकन पुरुष विधामा फेस्निंगका जलेन्द्र शाही, कराँतेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयनमा पर्दा सुदुरपश्चिम आईकन महिला विधामा कुस्तीकी मनिषा सिंह, फुटबलकी दिपा रोकाया र क्रिकेटकी कविता कुँवर मनोनयनमा परेकी छिन् । ६ विधाको मनोनयन सार्वजनिक गरेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले बाँकी दुई विधाका विजेतालाई अवार्ड कार्यक्रमै सम्मान गर्ने जनाएको छ । लाईफटाईम अचिभमेन्ट अवार्ड र स्पेशल अवार्डमा मनोनयन नहुने भएकोले कार्यक्रमकै दिन विजेताको घोषणा गरिने भएको हो ।

चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?