पूर्वप्रधानमन्त्री चन्दलाई पत्नी शोक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी पत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा निधन भएको छ । उहाँको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा शुक्रबार निधन भएको हो ।

उहाँ उच्च रक्तचाप, पक्षघातलगायत रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँका श्रीमान्, दुई छोरा र दुई छोरी छन् । दिवंगत चन्द राप्रपा नेता जयन्त चन्दकी आमा हुनुहुन्छ । उहाँको शुक्रबारै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?