सुनको मूल्य बढ्यो

Read Time = 1 min

काठमाडौ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला सात सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला चार सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १३ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?