धर्मराज-सावित्री थापा लोकसंस्कृति साहित्य पुरस्कार प्रदान गरिने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जनकवि केशरी धर्मराज थापाको शतवार्षिकीको पूर्वसन्ध्यामा तीन स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । जनकविकेशरी धर्मराज-सावित्री थापा प्रतिष्ठानले ‘धर्मराज–सावित्री थापा लोकसंस्कृति साहित्य पुरस्कार’ संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गलाई र ‘धर्मराज-सावित्री थापा लोकगीत संगीत पुरस्कार’ बमबहादुर कार्की र शिवा आलेलाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष साहित्यकार मदनराज थापाले जानकारी दिनुभयो ।

नगद राशि ५० हजार रुपैयाँसहित लोकसंस्कृति साहित्य पुरस्कार प्रदान गरिनेछ । लोकगीत संगीत पुरस्कारका साथ जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ । आउँदो साउन १ गतेदेखि ०८१ साउन १ गतेसम्म विभिन्न कार्यक्रमका साथ जनकवि केशरीको शतवार्षिकी मनाइने र विभिन्न स्रष्टा तथा गायकलाई सम्मान गरिने पनि प्रतिष्ठानले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?