हलेसी तुवाचुङ नगरपालिकामा ४४ जना किसानलाई भैसी वितरण

फाइल तस्बिर

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ४४ जना किसानलाई माउ भैसी वितरण गरेको छ । किसानलाई दुधमा आत्मनिर्भर बनाउँदै दुधबाट आम्दानी भित्र्याउने लक्ष्यले अनिवार्य रुपमा दुई माउ भैसी पालिरहेका किसानलाई थप एक माउ क्रस भैसी वितरण गरेको हो ।

नगरपालिकाको बाहुनी डाँडा, वडहरे, मंगलटार, महादेवस्थान र सल्लेमा दुई माउ भैसी पाल्ने किसान पहिचान गरी माउ भैसी किन्न किसानलाई नै एक/एक लाख नगद दिईएको थियो । ४४ जना किसानले घरघरमा भैसी ल्याईसकेको नगरपालिकाका पशु सेवा संयोजक सन्देश ताम्राकारले जानकारी दिनुभयो ।

ताम्राकारका अनुसार कूल ७५ लाख सर्शत बजेट अन्तर्गत ४४ जना किसानलाई भैसी किन्न एक/एक लाख र भैसीलाई गोठ बनाउन प्रतिकिसान २०/२० हजार प्रदान गरिएको छ । किसानहरुले भैसी ल्याएर गोठ बनाईसकेको र कतिले बनाईरहेको छन् ।

यस्तै, कूल७५ लाख सर्शत बजेट भित्रै ४४ जना भैसी पाएका किसानलाई दिनेगरी १० लिटरको ४४ वटा मिल्क क्यान (दुध लगाउने भाडा) नगरपालिकामा ल्याईएको छ । आवश्यकता अनुसार किसानलाई वितरण गर्नकै लागि १३ वटा च्याप कटर मेशिन पनि नगरपालिकामा ल्याएर राखिएको छ ।

किसानले पालेका भैसीबाट उत्पादित दुध संकलन गर्न ४ लाख बजेट दुध संकलन केन्द्रलाई छुट्याईएको छ । घर भाडामा लिएर उपर्युक्त स्थानमा दुध संकलन केन्द्र राखिने ताम्राकारले बताउनुभयो । उहाँका अनुसार किसानले ल्याएका भैसीहरुलाई कृतिम गर्भाधान गराईनेछ ।
यस्तै, सोही ७५ लाख बजेट भित्रै खानेपानीका लागि ३२ वटा हिल ट्याङक ल्याएर नगरपालिकाको प्राङगणमा राखिएको छ । े

आवश्यकता अनुसार किसानहरुलाई हिलट्याङक वितरण गरिने हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?