संघीय शिक्षा ऐन जारी गर्न नेविसंघको माग

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेविसंघले संघीय शिक्षा ऐन जारी गर्न माग गरेको छ ।

सरकारकी प्रवक्तासमेत रहनुभएकी सञ्चार मन्त्री रेखा शर्मालाई भेटेर नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइले संघीय शिक्षा ऐन जारी गर्न पहल गरिदिन माग गरेको हो ।

संघीय शिक्षा ऐन जारी गर्न पहल गरिदिन सरकारकी प्रवक्ता, शिक्षा समिति सभापति कालुराम राई, सांसद बद्री पाण्डे, तोसिमा कार्कीलगायतलाई आग्रह गरिएको नेविसंघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?