राष्ट्रिय सभा बैठक बस्दै, बिनियोजन बिद्येयक प्रस्तुत हुने

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजेर ३१ मिनेटमा संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो ।

आजको बैठकमा राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले विनियोजन विधेयक २०८० को सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन् ।

यस्तै, अर्थमन्त्री डा। प्रकाशशरण महतले विनियोजन विधेयक २०८० बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यसैगरी शिक्षा मन्त्री अशोक राईले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि छलफलका साथै पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको कार्यसूची अनुसार मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयक २०८० माथि दफावार छलफल हुने र सो विधेयक पारित गर्ने कार्यक्रम रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?