अस्वस्थ प्रतिस्पर्धा बढेको छ

हिमालय टाइम्स
Read Time = 3 mins

दीपेन्द्र महर्जन
प्रोपाइटर, अनु प्लाष्टिक स्टोर

अनु प्लाष्टिक स्टोरले के गर्छ ?
हामी प्लाष्टिकजन्य सम्पूर्ण कृषि सामग्री किसानलाई उपलब्ध गराउँछौं । थोपा सिँचाइ प्रविधि, एग्रोनेट, इन्सेक्ट नेट, टनेल प्लाष्टिक, स्प्रेलगायत कृषिका लागि आवश्यक सबै सामग्री उपलब्ध गराउँछौं ।

अहिले व्यवसायको अवस्था कस्तो छ ?
ठिकै छ, धेरै राम्रो छैन, कोरोनाअघि राम्रो थियो तर अहिले केही खस्किएको छ । हामी इण्डियन सामानमात्रै बिक्री गर्छौं, अहिले अन्य मुलुकबाट सस्तो सामान पनि आउन थालेकाले सबैले सस्तो खोज्न थालेका छन् । त्यसो त सस्तो खोज्नेलाई हामीसँग सस्तो सामान पनि छ ।

नयाँ ग्राहक आउँछन्, पुरानै ग्राहकले किन्ने हो ?
धेरै पुराना ग्राहक नै हुन्छन्, नयाँ ग्राहक कममात्रै आउँछन् । यस्ता सामग्री अनुदानमै जाने भएकाले धेरैजसो सरकारी निकाय नै हाम्रा मुख्य ग्राहक हुन् । गाउँपालिका, नगरपालिका, सम्लार्यस, एनजीओ, आइएजीओहरूले लैजान्छ ।

समस्या के छन् ?
बढी करका कारण किसान मर्कामा परेका छन् । व्यवसायीले त सस्तोमा ल्याए सस्तोमा बेच्ने, महँगो ल्याए महँगोमै बेच्ने हो । तर पनि कर बढ्दा मुनाफ केही कम होला, किसानले त महँगोमै किन्नुपर्‍यो ।

सामान कत्तिको टिकाउ हुन्छन् ?
त्यो भौगोलिक अवस्थामा भर पर्छ, कही १० वर्षसम्म पनि केही हुँदैन, कही दुई-तीन वर्ष टिकेन भन्ने गुनासो सुनिन्छ । तर पनि हामी भौगोलिक अवस्थानुसार सामान बिक्री गर्छौं । किसानलाई सोधेरै सामान दिन्छौं ।

प्रतिस्पर्धा कस्तो छ ?
अहिले अस्वस्थ प्रतिस्पर्धा धेरै बढेर गएको छ । कतिपयले सम्बन्धित सरकारी निकायमा पहिलेदेखि नै सम्बन्ध बनाएर सामान बिक्री गर्ने गरेका छन्, उनीहरूको व्यापार पनि राम्रो हुन्छ तर हामी आफ्नै काममा व्यस्त हुने भएकाले त्यसरी धाउने समय पनि हुँदैन । हामीले त्यस्तो गरेको पनि छैन ।

धान दिवसको अवसरमा के भन्नुहुन्छ ?
किसानलाई धान दिवसको शुभकामना । सबै नेपाली किसानलाई राम्रो होस्, बाटोमा तरकारी फाल्नु नपरोस् । सरकारले भारतीय उत्पादनलार्ई कडाइ गरिदिए नेपाली किसानले मूल्य पाउने थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?