भोजपुर । कृषकहरु सधै आफनो कामका लागि खेतबारीमा नै ब्यस्त देखिन्छ । उनीहरुलाई खेती गर्न कुनै दिवस पर्खी रहनु पर्दैन । तर भोजपुरमा धान दिवसका अवसरमा बिभिन्न स्थानहरुमा धान रोपाइँ गरिएको छ । जहाँ ठुला बडा देखि बालबालिकाको समेत सहभागिता देखियो ।
‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २० औ राष्ट्रिय धान दिवसका अवसरमा भोजपुरमा पनि कृषि ज्ञान केन्द्र, राष्ट्रिय युवा संघ नेपाल र किसान महासंघ भोजपुर नगर कमिटि, नेपाल तरुण दल लगायतको आयोजनामा रोपाई गरिएको छ । रोपाईमा कृषकको भन्दा पनि दिवस मनाउनेहरुको उत्साह बढी देखिन्थ्यो ।
बास्तबिक कृषकहरुलाई उत्साह थप्नका लागि कार्यक्रममा सहभागि भएको आयोजक संस्थाका पदाधिकारीहरुको भनाई रहेको छ । धान दिवसमा रमाइलो गर्दे आफुहरुलाई उत्साह दिए जस्तै मल, बिउ बिजन लगायतका समस्या हुदाँ पनि सहयोग हुनु पर्नेमा कृषकहरु आशावादी छन ।
हिमचुली महिला कृषि सहकारी संस्था लिमिटेड बोखिमको आयोजनामा कृषि ज्ञान केन्द्रले भोजपुर नगरपालिका वडा नम्वर ५, बोखिममा रोपाई कार्यक्रम गरेको हो । जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शरत कुमार थापा क्षेत्री, शसस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक दिनेश श्रेष्ठ, सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रमुख, कर्मचारी, कृषक लगायतको रोपाई कार्यक्रममा सहभागिता थियो ।
यता राष्ट्रिय युवा संघ नेपाल तथा किसान महासंघ भोजपुर नगर कमिटिको आयोजनामा बोखिममा नै रोपाई कार्यक्रम गरिएको छ । कृषकलाई हौसला दिनका लागि रोपाई कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाई छ । एमाले केन्द्रीय सदस्य एवं भोजपुर जिल्ला इन्चार्ज रविन कोइरालाको प्रमुख आथित्यमा भएको रोपाई कार्यक्रममा केन्द्रीय सदस्य हरिवहादुर राई, जिल्ला कमिटी अध्यक्ष शरण कुमार राई, युवा, विद्यार्थी, अनेमसंघ, लोकतांत्रिक आदिवासी जनजाति महासंघ र पत्रकार लगायतको सहभागिता थियो ।
राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८०’ देशभर विभिन्न तह र स्थानमा मनाइँदै छ । विसं २०६१ मा अन्तर्राष्ट्रिय धान वर्ष घोषणा भएपछि नेपालमा पनि यो दिवसकारूपमा मनाउन सुरु गरिएको हो । मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य अर्थात असार १५ गतेलाई रोपाइँ जात्रा, हिलो खेल्ने, दही चिउरा खानेजस्ता नामले पनि मनाउने चलन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच